राष्ट्र उत्थान लघुवित्तले फागुन ४ देखि आइपीओ बिक्रि गर्ने, कति कित्ता भर्नु उचित ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2022 | 09:14:34 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गर्ने भएको छ। राष्ट्र उत्थानले प्रति कित्ता १ सय रुपैयाँका दरले आगामी फागुन ४ देखि फागुन ८ सम्मको लागि ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो। 

आइपीओमा आबेदन दिने अन्तिम मिति फागुन ८ गते तय गरिएको छ। यदि ८ गतेसम्म पनि निष्काशन गरिएको आइपीओ बिक्रि नभएमा फागुन १८ गतेसम्मको लागि म्याद थप हुन सक्नेछ। तर सामान्यतया लघुवित्त वित्तीय संस्थाको आइपीओमा तोकिएको दिन भित्र नै अत्यधिक आबेदन परेको उदाहरण भएकाले फागुन ८ गते नै अन्तिम म्याद हुने सम्भावना बढी छ। 

राष्ट्र उत्थानले निष्काशन गरेको ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीको लागि, ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणको लागि छुट्याएको छ। 

सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ। इच्छुकले न्युनतम १० र बढीमा १००० कित्ताको लागि आबेदन दिन सक्नेछन।  माग भन्दा बढी आबेदन पर्ने भएकाले न्युनतम १० कित्ताको लागि आबेदन दिनु नै हितकार हुने देखिन्छ। 

८ लाख ५० हजार कित्ता सेयर बिक्रि तथा वितरण पश्चात लघुवित्तमा सेयर स्वामित्व सर्वसाधारणको ३२।६९ प्रतिशत र संस्थापकको ६७।३१ प्रतिशत पुग्नेछ भने चुक्तापुंजी २६ करोड पुग्नेछ। 

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था २०७५ सालदेखि संचालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त हो। राष्ट्र उत्थानले देशभरका ३९ जिल्लाका ९४ शाखा कार्यलय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। नेपाल रुरल डेभलपमेन्ट बैंक, राष्ट्रिय बाणिज्य बैंक, प्रभु बैंकहरु राष्ट्र उत्थानका प्रमुख सेयर होल्डर हुन्।  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved