ईमर्जिङ्ग नेपाल आईपिओ रिभ्यु: ३ दर्जन हाई प्रोफाइल संस्थापक, पूर्वाधारमा लगानी मुख्य उदेश्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 08, 2022 | 08:29:12 PM मा प्रकाशित

laxmi  sunrise bank

 ईमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपिओ निष्काशन गर्दै छ  । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।

जस मध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्   

कम्पनीको आईपिओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ  । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

कम्पनी परिचय

इमर्जिङ्ग्ग नेपाल लिमिटेड सार्वजनिक निजी साझेदार कम्पनीको रुपमा प्रचलित कानून बमोजिम २०७२ साल श्रावण ३२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भै मिति २०७२÷१२÷२६ गते देखि कम्पनी ऐन, २०६३ अन्तर्गत काम÷कारोबार गर्दै आइरहेको छ ।

कम्पनी स्थापना गर्नुको मुख्य उद्धेश्य आधारभूत संरचनाको ढाँचा, उद्योगलाई प्रोत्साहान र व्यवस्थापन उन्मुख व्यापारलाई प्रोत्साहान गरी नेपाललाई उन्नति तर्फ अघि बढाउनु रहेको छ । यो कम्पनीको लक्ष्य राष्ट्रिय प्राथमिकताको क्षेत्र जस अन्तर्गत पूर्वाधारको रुपमा रहेको, यातयात, संचार, उर्जा लगायत उद्योग, पर्यटन, स्वास्थ्य, यातायात, कृषि, वित्तीय र अन्य आथर््िाक रुपमा महत्वपुर्ण योजनाहरुमा लगानी गर्नु हो । कम्पनीले विभिन्न पब्लिक लिमिटेड कम्पनीहरु, पूर्वाधार विकास सम्बन्धित कार्य गर्ने कम्पनीहरुमा लगानी गर्ने गरेको छ ।

हाल कम्पनीले होटल एलिस द वोंदर इन् मिनितेदकेयर रेटिङ्ग (नेपाल) लिमिटेडनेपाल इनफ्रास्ट्रक्चर बैंक लिमिटेडबि.एफ.आइ.एनमा लगानी गरेको छ ।

पूँजी विवरण

कम्पनीको अधिकृत पूँजी पाँच अर्व रहेको छ ।  कम्पनीको जारी पूँजी पचपन्न करोड छपन्न लाख रहेको छ  ।   हाल कम्पनीको चुक्ता पूँजी पचास करोड चालिस हजार रहेको छ र आईपिओ  निष्काशन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी पचपन्न करोड छपन्न लाख हुने छ । आईपिओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ९० प्रतिशत र १० प्रतिशत रहने छ ।

आधारभुत शेयरधनीहरुको विवरण

कम्पनीमा  झन्डै ४ दर्जन आधारभुत शेयरधनी रहेका छन् । कम्पनीको संस्थापक शेयरधनीमा पूर्व डेपुटी गभर्नर, बैंकका पूर्व सीइओ, नेपाल सरकारका पूर्व सचिव, बैंक तथा वित्तीय संस्था र बीमाका पूर्व संचालक तथा सीइओ, बैंकर, उद्योगी व्यवसायी, पूर्व सांसद, लगायत रहेका छन् । 

कम्पनीको आधारभुत शेयरधनीहरुमा अर्थ मन्त्रालय , मनोज बहादुर श्रेष्ठ, शम्भुनाथ गौतम, रामबाबु पन्त, लालमणी जोशी, शिव सिहं कार्की, चन्द्र प्रसाद ढकाल, विशाल ग्रुप लिमिटेड, नुमनाथ पौडेल, अशोक कुमार अग्रवाल, हिम बहादुर रावल, जिव नाथ लामिछान, शुभाष चन्द्र संघाई, ज्ञानेन्द्र प्रसाद ढुङ्गाना, रोहित गुप्ता, कृष्ण प्रसाद आचार्य, आर.एम.सी.इन्भेस्टमेन्ट प्रा.लि., हरिभक्त शर्मा, पशुपती मुरारका, शेखर गोल्छा, सौरभ ज्योति, संदिप कुमार अग्रवाल, सीताराम थपलिया, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि, विमल कुमार केडिया, केशव प्रसाद भट्टराइ, शशिकान्त अग्रवाल, अम्बिका प्रसाद पौडेल, निकुञ्ज अग्रवाल, युनाइटेड ड्रिष्टिबुइटर नेपाल प्रा.लि., विशाल अग्रवाल, अनुज अग्रवाल, जगदिश प्रसाद अग्रवाल, बोध प्रसाद त्रिपाठी, चन्द्र टण्डन , डा. विनोद आत्रेय, नन्द किशोर मुन्दडा, निर्मल कुमार अग्रवाल, रिजेन्सी ट्रेडिङ्ग प्रा. लि., विसाल अग्रवाल, दिनानाथ खण्डेलवाल, लोकमान्य गोल्छा, श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि. र सतिश कुमार मोर रहेका छन् ।

कम्पनीका लालमणी जोशी रहेका छन् । उनी नेपाल सरकारका पूर्व सचिव हुन् । उनी हाल नेपाल इन्फ्रास्टक्चर बैंक निफ्राका संचालक समेत छन् । कम्पनीको अन्य संचालकमा सोभाकान्त पौडेल, चन्द्र टण्डन, अशोक कुमार अग्रवाल, बिनोद आत्रेयर लिमा आचाय रहेका छन् । कम्पनीका संचालकहरुलाई संचालक समितिको बैठकमा भाग लिए वापत साधारण सभा वाट पारित भए वमोजिम सुविधा प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ ।

ब्यबस्थापन विवरण

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शिखर भट्टराई रहेका छन् । उनी २०७८ कार्तिक १ गतेबाट नियुक्त भएका हुन् । उनी लामो समय अमेरिकाका विभिन्न कम्पनीमा नेतृत्वदायी भूमिकामा रहेका थिए । उनी उदय ग्रुप तथा एफडिआई एनलिटिक्सका  फाउण्डर हुन्। 

कम्पनीको बरिष्ठ अधिकृत तथा कम्पनी सचिवको रुपमा प्रेम प्रसाद अर्याल रहेका छन् । कम्पनीमा जम्मा ३ जना कर्मचारी रहेका छन् । प्रमुख कार्यकारी अधिकृतले नियुक्त भएदेखिको ३ महिनाको अवधिमा ६ लाख ७५ हजार पारिश्रमिक लिएका छन् । त्यस्तै बरिष्ठ अधिकृत तथा कम्पनी सचिव प्रेम प्रसाद अर्यालले आर्थिक वर्ष ७७/७८ मा ३ लाख १६ हजार ७ सय ९२ रुपैयाँ पारिश्रमिक लिएका छन् ।

वित्तीय विवरण

कम्पनीको आ.व. २०७७÷२०७८ को लेखापरिक्षण भएको वित्तीय विवरण अनुसार कम्पनीको शेयर पुँजी ५० करोड, जगेडा कोष तथा संचित नाफा २ करोड ५५ लाख, र खुद नाफा १ करोड १६ लाख रहेको छ । आर्थिक वर्ष ७८/७९ को पहिलो ३ महिनाको अवधिमा कम्पनीको खुद नाफा २९ लाख २७ हजार रहेको छ ।

 आर्थिक वर्ष ७८/७९. ७९/८० र ८०/८१ मा कम्पनीले कम्पनीको कुल आम्दानी क्रमश ५ करोड २४ लाख, ५ करोड ३८ लाख र ६ करोड २६ लाख हुने प्रक्षेपण गरेको छ । त्यस्तै कम्पनीले यस अवधिको खुद नाफा ३ करोड ७५ लाख, ३ करोड ८९ लाख, र ४ करोड ५३ लाख हुने प्रक्षेपण गरेको छ ।  

आर्थिक वर्ष ७५/७६, ७६/७७ र ७७/७८ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ क्रमश १०६.१६ रुपैयाँ, १०३.१० रुपैयाँ, र १०५.११ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७५/७६, ७६/७७ र ७७/७८ मा कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी  क्रमश २.८१  रुपैयाँ, २.१७ रुपैयाँ, र २.३२  रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१  मा कम्पनीको प्रतिशेयर नेटवर्थ क्रमश १०६.३७ रुपैयाँ, १०६.३७ रुपैयाँ, र १०७.५३  रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१   मा कम्पनीको प्रतिशेयर आम्दानी  क्रमश ६.७७ रुपैयाँ, ७ रुपैयाँ, र ८.१६ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।

कम्पनीले निम्न आधारमा वित्तीय विवरणको प्रक्षेपण गरेको उल्लेख गरेको छ ।  

कम्पनीले होटल एलिस द वोंदर इन्लि.बाट आर्थिक वर्ष २०७८÷०७९ मा १० प्रतिशत तथा २०७९÷०८० र २०८०÷०८१ मा १५ प्रतिशतका दरले लाभांश आम्दानी प्राप्त हुने अनुमान गरेको  छ । त्यस्तै केयर रेटिङ्ग (नेपाल) लि.बाट आर्थिक वर्ष २०७८÷०७९ मा १० प्रतिशत तथा २०७९÷०८० र २०८०÷०८१ मा १५ प्रतिशतका दरले लाभांश आम्दानी प्राप्त हुने अनुमान गरेको  छ । नेपाल इनफ्रास्ट्रक्चर बैंक लि.बाट कम्तीमा वाषिक ८ प्रतिशतका दरले लाभांश आम्दानी हुने अनुमान गरेको छ । बि.एफ.आइ.एन.बाट आर्थिक वर्ष २०७८÷०७९ मा १० प्रतिशत तथा २०७९÷०८० र २०८०÷०८१ मा १५ प्रतिशतका दरले लाभांश आम्दानी प्राप्त हुने अनुमान गरेको  छ । कम्पनीले Education, Hospitality, Healthcare, Startup Fund  बाट १० प्रतिशतका दरले तथा Fixed Deposit मा १४ प्रतिशत लगानी गर्ने रणनीति रहेको कम्पनीले उल्लेख गरेको छ।  कम्पनीले आफ्नो वार्षिक प्रतिवेदनमा नेशनल पेट्रोलिएम प्रा. लि. मा एक करोड पचास लाख लगानी गरिसकेको उल्लेख गरेको भएपनि कम्पनीको विवरणपत्रमा त्यस बारे कहिँ उल्लेख छैन ।

वित्तीय प्रक्षेपणको आधारहरु तथा तरिका पुनरावलोकन गरी ठिक छ भनि CA Pradip Aryal (P. Aryal & Associates) बाट प्रमाणित भएको छ ।

आईपिओ निष्काशनबाट प्राप्त पुँजीको उपयोग

आईपिओ निष्काशनबाट प्राप्त हुने ५ करोड ५५ लाख ६० हजार रकम मध्ये २ करोड आर्थिक पूर्वाधारको क्षेत्रमा३ करोड उर्जा क्षेत्रमा र बाँकि ५५ लाख ६० हजार कम्पनीको उदेश्य अनुसार विविध क्षेत्रमा लगानी गर्ने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले निष्काशन गरेको शेयर पूर्ण रुपमा बिक्रि नभएमा मुक्तिनाथ क्यापिटलले सकार्ने गरि प्रत्याभूति सम्झौता गरेको छ । यस सेवा वापत कम्पनीले क्यापिटललाई १ लाख ११ हजार १ सय २० रुपैयाँ दिने छ । त्यस्तै कम्पनीले बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटललाई यस सेवा वापत ३ लाख ६० हजार प्रदान गर्ने छ ।

क्रेडिट रेटिङ्ग विवरण

साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि., डिल्लीबजार, काठमाण्डौबाट क्रेडिट रेटिङ्ग गराई मिति २०७८/०२/१० गते [ICRANP-IR] BB+ (Pronounced ICRANP Issuer Rating Double B Plus) प्रमाणपत्र प्राप्त गरेको छ । सो ग्रेडिङ्गको बैद्यता अवधी एक वर्ष रहने छ । [ICRANP-IR] BB+ ले "Moderate risk of default with regard to the timely servicing of financial obligations" भन्ने आधार जनाउँदछ। ईक्रा नेपाल लिमिटेडले [ICRANP -IRIAAA देखि [ICRANP-IRID सम्मको रेटिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड [ICRANP-IRIAAA ले बलियो आधार जनाउँछ र [ICRANP-IRD ले कमजोर आधार जनाउँदछ ।

भावी योजना

कम्पनीले निम्न ८ वटा भावी योजना उल्लेख गरेको छ  ।

(१) कोभिड–१९ ले थालिएको आहिले बिस्तारै उकासिदै आएको, लगानी गर्ने अवसर भएका, विदेशी तथा स्वदेशी पर्यटक भ्रमण गर्ने टुरिजम क्षेत्रको पूर्वाधारमा लगानी गर्न उपर्युक्त देखिएको हुँदा आ.व. २०७८÷७९ भित्र लगानी गर्न सुरु गर्ने रणनीति रहेको छ ।

 (२) सामाजिक उत्तरदायीत्वको पालना, देशमा सुबिधा सम्पन्न अस्पतालको आवश्यकता तथा उर्जा क्षेत्रमा भएको प्रचूर सम्भावनलाई मध्ये नजर राख्दै उक्त क्षेत्रको विकास विस्तार गर्नको लागि सो संग आवश्यक पूर्वाधार निर्माणको लागि यही आर्थिक वर्ष भित्र देखि लगानी विस्तार गर्ने रणनीति रहेको छ ।

 (३) पुर्वाधारको रुपमा रहेको फाष्ट ट्रयाक, सुरङ्ग मार्ग, एयरपोर्ट, सडक, प्रविधि, जलविद्युत निर्माण, वितरण, पूर्वधार सम्बन्धी वित्तीय संस्था, खानी, लगायतका, व्यवसायका क्षेत्रहरुमा स्वदेशी तथा विदेशी संस्थाहरुसंग मिली अध्ययन अनुसन्धान गर्ने, प्रतिवेदन तयार गर्ने, लगानी गर्ने, स्थापना गर्ने, संचालन गर्ने, विभिन्न लगानीका क्षेत्रहरु पहिचान गर्ने, सो सम्बन्धी परामर्शदाताको रुपमा कार्य गर्ने लगायतका विकास निर्माण सम्बन्धी काम गर्ने एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने ।

 (४) पूर्वाधार विकासको आवश्यकता अनुसार स्वदेशी तथा विदेशी परामर्शदाताहरुसंग परामर्श लिई पूर्वाधार सम्बन्धी गोष्ठी÷कार्यशाला÷तालिम आयोजना गराउने । साथै राष्ट्रको पूर्वाधार आवश्यकताको पहिचान गरि सो सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार गरि कार्यन्वयन गर्ने ।

 (५) स्वदेशी तथा विदेशी संघ संस्था, बैंक, नेपाल सरकार तथा व्यक्ति विशेषसंग मिली यस कम्पनीका संस्थापक भई एकल वा संयुक्त रुपमा औद्योगिक व्यवसाय, पर्यटन, केवुलकार, विद्युत उत्पादन प्रशारण, पूर्वाधार विकास बैंक, प्रविधि विकास लगायतका विषयहरुसंग सम्बन्धित कम्पनीहरुमा लगानी गर्ने, स्थापना गर्ने, संचालन गर्ने÷गराउने, सो सम्बन्धी परामर्श दाताको रुपमा कार्य गर्ने ।

 (६) देशलाई फाइनान्सीयल, एजुकेशनल, मेडिकल, टुरीजम हब को रुपमा विकास गर्ने, संभाव्यता अध्ययन सम्बन्धी सम्पूर्ण काम गर्ने÷गराउने । सो सम्बन्धि संस्थाहरुमा लगानी गर्ने÷स्थापना गर्ने, उच्च प्रविधिको व्यवस्था गर्ने ।

 (७) कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रुपमा संभाब्य देखिएको अन्य व्यवसायिक क्षेत्रहरुमा समेत लगानी गर्ने रणनीति लिएको छ ।

 (८) राष्ट्रिय प्राथमिकताको क्षेत्र जस अन्तर्गत शिक्षा, उद्योग, पर्यटन, स्वास्थ्य, यातायात, कृषि, वित्तीय र अन्य आर्थिक रुपमा महत्वपुर्ण योजनाहरुमा लगानी गरी विकास निर्माण सम्बन्धी योजनाकोकार्यान्वयनमा परामर्श सेवा दिनुको साथै उत्पे्ररकको भुमिका बहन गराई नीजि क्षेत्रबाट व्यवस्थापन हुने भएकोलेउच्च स्तरको पारदर्शिता र जवाफदेहिता को साथ उच्चगति र कार्यकुशलता सँगै संचालन र व्यवस्थापन गर्ने ।

नोट: यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved