चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्टले आईपिओ निष्काशन गर्ने, एनआईसीले दिने भयो सम्पूर्ण सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 08:33:46 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडलाई निकट भविष्यमा नै सर्वसाधारणमा शेयर निष्काशन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउने छ । क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग (संस्थागत परामर्श सेवा अन्तर्गत संचालन  गरिरहेको "IDEA to IPO" सेवा मार्फत चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्टलाई आइपिओ निष्काशनको अवधिसम्मको सम्पूर्ण सुविधा दिने भएको हो  ।

उक्त सेवा अन्तर्गत चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच “IDEA to IPO" सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो । क्यापिटलले “IDEA to IPO" सेवा अन्तर्गत चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडको विद्यमान अवस्था, कम्पनीको प्रबन्धपत्र नियमावली, धितोपत्र बोर्ड, कम्पनी ऐनमा भएको व्यवस्थाहरुको अध्ययन गरी उक्त कम्पनीको कारोवारको दायरा विस्तार गरिदिन, Private Equity/Venture Capital (PEVC) तथा लगानी व्यवस्थापन (PMS) सेवा संचालन गर्नको लागि सम्बन्धित नियमनकारी निकायले तोके बमोजिमको सम्पूर्ण कागजात, पूर्वधारहरु र अन्य मापदण्ड पूरा गरी सम्बन्धित निकायहरुमा स्वीकृती लिनको लागि निवेदन पेश गरिने कम्पनीले जनाएको छ ।

“IDEA toIPO" सेवा अन्तर्गत क्यापिटलले चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु मिति २०७८ साल फागुन १२ गते बिहीबारदेखि एन आई सी एशिया क्यापिटलले गर्ने छ । साथै उक्त कम्पनीका शेयरधनीहरुले सहज रुपमा आफ्नो नाममा भएको शेयर कारोवार गर्न मिल्ने गरी OTC Markets मा सूचिकरण गराइदिने व्यवस्था क्यापिटलले मिलाउने छ।

साथै क्यापिटलले उक्त चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडलाई निकट भविष्यमा नै सर्वसाधारणमा शेयर निष्काशन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउने छ । एन आई सी एशिया क्यापिटलले “IDEA toIPO" सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापना देखी IPO सम्मको कार्यलाई एकिकृत रुपमा सेवा उपलब्ध गराउने सेवा सुचारु गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved