यी ३ तरिकाबाट हेर्न सकिन्छ राष्ट्र उत्थान लघुवित्तको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2022 | 03:22:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरेको आईपिओ आज बिहिबार बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज बिहिबार दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो । 

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए  । जस मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ  । योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको र उनीहरुले कुल १ करोड ९४ लाख ६७ हजार २ सय १० कित्ताको लागि आवेदन दिएका छन्  । 

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ  । यस हिसाबमा  गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाएक छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २५ लाख ५ हजार ८ सय ११ जना आवेदक हात खाली भएका छन् । 

नतिजा प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार  बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । आज साँझसम्ममा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ  ।

राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।  ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन्।  

कम्पनी परिचय

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी  मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३९ जिल्लामा रहेका ९५ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ  । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट  लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो ।

पूँजी संरचना

कम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी  छब्बिस करोड रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी सत्र करोड पचास लाख रुपैया रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी   छब्बिस करोड हुनेछ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ  ।

संस्थापक÷सञ्चालक विवरण

कम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved