ग्रीन भेन्चर्सको आईपिओ भर्ने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 08:21:05 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावितहरुका लागि बिक्रि खुला गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले यस अघि आईपिओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब म्याद थप गरि फागुन २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । 

कम्पनीले फागुन २ गतेदेखि साधारण सेयर आईपिओ बिकी खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित ओखलढुंगा र रामेछापवासीहरुका लागि साधारण सेयर निष्काशन गरेको हो। 

कम्पनीले प्रति शेयर अंकित मुल्य रु.१०० दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावितलाई निष्काशन गरेको हो।  यस आईपिओमा  आयोजना प्रभावित क्षेत्र (खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका -३ (साविक खिजीचण्डेश्वरी गा.वि.स.), ओखलढुङ्गा,लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स.), ओखलढुङ्गा, लिखु तामाकोशी गाउँपालिका-१ (साविक दुरागाउँ गा.वि.स.), रामेछाप, लिखु तामाकोशी गाउँपालिका-२ (साविक सैपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका-७ (साविक भुजि गा.वि.स.) रामेछाप) मा स्थाई बसोबास गर्ने नेपाली नागरिकहरुले मात्र आवेदन दिन सक्ने छन्।

 आवेदन दिंदा न्युनतम १० र अधिकतम ५०,००० कित्ताको लागि आबेदन दिन सकिने छ।  कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ।  

कम्पनीले  आयोजना प्रभावितलाई आइपीओ निष्काशन गरे पश्चात सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नेछ। त्यसपछि कम्पनीको सेयर संरचना ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको हुनेछ भने चुक्तापुंजी ३ अर्ब १२ करोड पुग्नेछ।  कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved