समता घरेलु लघुवित्तले एफपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा आरविवि मर्चेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 02:32:16 PM मा प्रकाशित

laxmi  sunrise bank

समता घरेलु लघुवित्तले एफपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ  । कम्पनीले आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड बिक्री प्रबन्धक चयन गरेको हो ।

सम्झौता पत्रमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

कम्पनीले २ लाख ८९ हजार ४ सय ४० कित्ता एफपिओ निष्काशन गर्न लागेको हो । समता लघुवित्तले आइपिओ निष्काशन नगरेको घरेलु लघुवित्तलाई गाभे पश्चात कम्पनीको संस्थापक: सर्वसाधारण शेयर संरचना ७०ः३० कायम गर्न एफपिओ निष्काशन गर्न लागिएको हो।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved