बलेफी हाइड्रोको आईपिओमा माग भन्दा डेढ गुणा बढीको आवेदन, कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 07:35:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बलेफी हाइड्रोले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा माग भन्दा डेढ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन आज साँझ ६ बजेसम्ममा कम्पनीको आईपिओमा ११ हजार ७ सय १३ जना आवेदकबाट २८ लाख २५ हजार ५ सय ८१ कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 

कम्पनीले  माघ २७ गतेदेखि पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ  गाबिस)का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन गरिएको थियो । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन गरिएको थियो ।

जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ  गाबिस)का स्थानीयलाई निष्काशन गरिएको शेयरमा ४ हजार ५ सय ६० जना आवेदकबाट १४ लाख ३५ हजार ३ सय ३० कित्ताको लागि आवेदन परेको छ  । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई  निष्काशन गरिएको शेयरमा ७ हजार १ सय १५ जना आवेदकबाट १३ लाख ९० हजार २ सय ५१ कित्ताको लागि आवेदन परेको छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो। 

कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।  नेपाल धितोपत्र बोर्डले माघ ९ गते  कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved