ग्रीन भेन्चर्सले चैत्र ८ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2022 | 08:15:18 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन भेन्चर्स लिमिटेडले  चैत्र ८ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार शेयर निष्काशन गर्न लागेको हो । 

जस मध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । इच्छुक लगानीकर्ताले चैत्र ११ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई शेयर निष्काशन गरेको थियो । अब सर्वसाधारणलाई आईपिओ निष्काशन गरेपछि कम्पनीको सेयर संरचना ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको हुनेछ भने चुक्तापुंजी ३ अर्ब १२ करोड पुग्नेछ।  कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved