थप २ कम्पनीले पाए आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2022 | 05:38:55 PM मा प्रकाशित

laxmi  sunrise bank

थप २ कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले आज बिहिबार सीवाईसी नेपाल लघुवित्त र रिभर फल्स हाइड्रोलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो । 

बोर्डबाट अनुमति पाएसंगै अब सीवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गर्ने छ । बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन (प्राप्ति) गरेको छ ।  कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आईएमई बिक्रि प्रबन्धक रहेको छ

त्यस्तै रिभर फल्स हाइड्रोले आयोजना प्रभावित र स्थानीयलाई ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्ने छ  । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved