बलेफी हाइड्रो आईपिओ रिभ्यु : यसै वर्ष बिजुली उत्पादन लक्ष्य, २ वर्षपछि लाभांश प्रक्षेपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2022 | 08:24:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बलेफी हाइड्रोपावर लिमिटेडले चैत्र १६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्दैछ। कम्पनीले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

कम्पनीको आइपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले चैत्र २१ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।  कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई  १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको थियो । 

कम्पनी परिचय

बलेफी हाईड्रोपावर लिमिटेड मिति २०७३।०९।२२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार संचालन गर्दै आएको कम्पनी हो ।  संगठित संस्थाले २०७२ मंसीर २९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद विक्री सम्झौता गरेको छ । विद्युत खरिद विक्री सम्झौता मिति २०७२÷०८÷२९ र ५) विद्युत उत्पादन अनुमति बहाल रहने अवधि २१०८÷०४÷११ सम्म रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका वडा नं।२, ३ र ४ ९साविकको गोल्चे, गुम्वा र

पाङताङ गाविसमा ३६ मेगावाट क्षमताको माथिल्लो वलेफी–ए जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।  सिन्धुपाल्चोक जिल्लाको वलेफी खोला जलविद्युत उत्पादनको लागि आवश्यक प्रमुख जलस्रोतको रुपमा रहेको छ ।   

 पुँजी विवरण

  कम्पनीको अधिकृत पुँजी   दुई अर्ब चालीस करोड रुपैंया रहेकोछ । कम्पनीको जारी पुँजी   एक अर्व बयासी करोड उनान्नब्बे लाख सत्तरी हजार रुपैंया रहेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ  र सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि कम्पनीको  चुक्ता पुँजी  एक अर्व बयासी करोड उनान्नब्बे लाख सत्तरी हजार रुपैंया हुनेछ । आईपिओ निष्काशनपछि कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ८० प्रतिशत, आयोजना प्रभावित स्थानीयको शेयर स्वामित्व १० प्रतिशत र आम सर्वसाधारणको शेयर स्वामित्व १० प्रतिशत कायम रहने छ ।

संस्थापक÷सञ्चालक सम्बन्धी जानकारी :

कम्पनीको आधारभूत शेयरधनीहरुमा उमेश कसजबच्चु पौडेल, विष्णु बहादुर खत्री, सन्दीप कुमार सारदा, शक्ति कुमार गोल्याणसाहिल सुरेश आदभानी सुशिल गुप्ता, शुलभ अग्रवाल, प्रभा गोयन्का (भिमसरिया)नरेन्द्र उलक र विनोद कुमार श्रेष्ठ रहेका छन् । कम्पनी संचालकहरुमा उमेश कसजु, सुशिल गुप्ता, सन्दीप कुमार सारदा, शक्ति कुमार गोल्याणशुलभ अग्रवाल रहेका छन् । उमेश कसजु कम्पनीका अध्यक्ष हुन् । विएससी फरेष्ट्री तहसम्म अध्ययन गरेका उनीसँग सेन्टर फर पावर डेभलपमेण्ट सर्भिसेस प्रा.लि.मा १४ वर्ष देखि आबद्घ रही अप्पर हाडी खोला जलबिधुत आयोजनाको सफल निमार्ण, उप्पादन र संचालनको कार्यानुभव रहेको छ। त्यस्तै शिव श्री हाइड्रोपावर लि को निवर्तमान अध्यक्षको रुपमा रही अप्पर चाकु ए जलबिधुत आयोजना (२२ मेगावाट) को सफल निमार्ण, उप्पादन र संचालनको कार्यानुभव रहेको छ । 

कम्पनीले हालसम्म अध्यक्ष लगायत सञ्चालकहरुले कुनै पनि बैठक भत्ता तथा सुविधा प्राप्त नगरेको उल्लेख गरेको छ । यद्यपि कार्यकारी अध्यक्षलाई कम्पनीको दैनिक कार्यमा प्रत्यक्ष योगदान गरेबापत एक बर्षभित्र अर्थात्२०७७ श्रावणदेखि २०७८ आषाढ सम्ममा  रु.२५,५५,१५०।– पारिश्रमिक भुक्तानी गरेको तथा कम्पनीका निर्देशक सुशिल गुप्तालाई  कम्पनीको खरिद ब्यवस्थापनमा प्रत्यक्ष योगदान गरेबापत सोही अवधिमा रु.२५,५५,१५०।– पारिश्रमीक भुक्तानी गरेको जनाएको छ । त्यस्तै कम्पनीको संचालक समितिको मिति २०७६।०१।१३ गतेको बैठकबाट कार्यकारी अध्यक्ष उमेश कसजुको मिति २०७६।०२।०१ गतेदेखि लागुहुने गरी निजको मासिक पारिश्रमिक कर बाहेक खुद रु। १५०,०००।– रहने निर्णय भएको कम्पनीले जनाएको छ ।

उच्च ब्यबस्थापकीय विवरण

कम्पनीको कार्यकारी प्रमुख (सीईओ) राजन धिताल रहेका छन् भने पियुष अग्रवाल पावर हाउस इन्चार्ज र अनिल चौधरी लेखा तथा बित्त अधिकृत रहेका छन् ।  कम्पनीको २०७८।०८।१५ मा बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा आवासिय इन्जिनियर  रुपमा कार्यरत राजन धिताललाई कम्पनीको  कार्यकारी प्रमुख (सि.इ.ओ.) मा नियुक्ति गरेको हो । कम्पनीमा कुल ११० कर्मचारी छन् ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ मा सीइओ धिताललाई २० लाख २२ हजार ७ सय ३५ रुपैयाँ, पावर हाउस इन्चार्ज पियुष अग्रवाललाई ८ लाख २५ हजार ५ सय रुपैयाँ र लेखा अधिकृत अनिल चौधरीलाई ५ लाख ६५ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ ।

वित्तीय विवरण

कम्पनीको आ.ब.०७७÷७८ को लेखापरिक्षण भएको वित्तीय विवरण अनुसार कम्पनीको शेयर पुँजी १ अर्ब ४६ करोड रहेको छ भने संचित नोक्सान ९ करोड ३० लाख रहेको छ । आर्थिक वर्ष ७८/७९ को पुस महिना अर्थात् ६ महिनाको विवरण अनुसार कम्पनीको शेयर पुँजी १ अर्ब ४६ करोड रहेको छ भने संचित नोक्सान ९ करोड ४० लाख रहेको छ ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ , ७९/८० र ८०/८१ मा शेयर पुँजी १अर्ब ८२ करोड नै हुने प्रक्षेपण गरेको छ । यस अवधिमा विद्युत बिक्रिबाट क्रमश ३१ करोड ८५ लाख, १ अर्ब १७ करोड ७१ लाख र १ अर्ब २१ करोड १५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ । विद्युत बिक्रिबाट आम्दानी हुन थाल्ने भए पनि कम्पनीले आर्थिक वर्ष ७८/७९ र ७९/८० को संचित नोक्सान क्रमश २७ करोड ९९ लाख र १८ करोड ३७ लाख हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ८०/८१ मा कम्पनीले ३ करोड १८ लाख संचित नाफा हुने प्रक्षेपण गरेको छ । 

प्रक्षेपणका आधार 

माथि उल्लेख गरिए बमोजिम कम्पनीबाट तयार गरेको वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरु कम्पनीको आ. व. २०७७÷०७८ सम्मको लेखापरिक्षण भैसकेका वित्तिय विवरणहरु, नेपाल विद्युत प्राधिकरण सँग भएको विद्युत खरीद – बिक्री सम्झौता, आयोजनाको समाप्तिको अवधि तथा त्यस अवस्थासम्मको लागतको अनुमान, आयोजनाको लागि ऋण लिने सम्बन्धमा कर्मचारी संचय कोष, चिलिमे जलविद्युत कम्पनी तथा कम्पनी बिच भएको त्रिपक्षिय सम्झौता, हालको विदेशी मुद«ा विनिमय दर र सो को प्रक्षेपण एवं राज्यको अनुमानित वित्तिय तथा मौदि«क स्थिति साथै निष्काशन कम्पनीको हालको दक्षता र निष्काशन कम्पनीले प्राप्त गरेको हालसम्मको कार्यप्रगतिको आधारमा पुनरावलोकन गरी विवरण ठीक छ भनी श्री एन. एस. ए एण्ड एशोसियट्स, चार्टर्ड एकाउन्टेण्ट्स, काठ्माण्डौका पार्टनर चार्टड एकाउन्टेन्ट आभास गौतमले प्रमाणित गरेका छन्  ।

कम्पनीको व्यापारीक उत्पादन शुरु गर्नुपर्ने मिति २०७६।५।२३ रहेकोमा २०७८।११।१७ मा मात्र व्यापारीक उत्पादन शुरु हुने अनुमान रहेको कम्पनीले उल्लेख गरेको छ । २०७८।११।१७ को मिति व्यतित भई सके पनि कम्पनीले आफ्नो विवरणपत्रमा कम्पनीले उत्पादन सुरु गरिसकेको छ वा छैन भन्ने उल्लेख गरेको छैन । कम्पनीले आर्थिक वर्ष ८०/८१ मा १५ प्रतिशत लाभांश बितरण गर्ने प्रक्षेपण गरेको छ ।

पिपिए दर 

कम्पनीबाट निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत खरीद विक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७२।०८।२९ मा सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणले ब्यापारिक उत्पादन शुरु हुने मितिदेखि हरेक महिना कम्पनीले आयोजनाबाट विद्युत शक्ति उत्पादन गरी उपलब्ध गराएको कन्ट्रयाक्ट इनर्जीको परिमाणसम्मको उर्जा खरिद वापत वर्षा याममा प्रति कि.वा. घण्टा रु.४।८० (चार रुपैया असी पैसा मात्र) र सुख्खायाममा प्रति कि.वा. घण्टा रु.८।४० (आठ रुपैया चालिस पैसा) विद्युत खरिद दरले हुन आउने रकम कम्पनी वा दफा ३४ अनुसारको अगुवा बैंक वा वित्तीय संस्थालाई बुझाउनेछ । साथै व्यापारिक उत्पादन शुरु हुने मितिबाट एक वर्ष पुगेको महिनाको लगत्तै पछिको महिना देखि लागु हुने गरि वर्षको ३ (तीन) प्रतिशतका दरले ८ (आठ) पटकसम्म साधारण मूल्यबृद्धि दिने छ । 

प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थको विवरण

आर्थिक वर्ष ७५/७६७६/७७ र ७७/७८  मा कम्पनीको वास्तविक प्रति शेयर नेटवर्थ क्रमश ९३.७५  रुपैयाँ९३.५२  रुपैयाँर ९३.६४  रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७८/७९  को पुस मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ  ९३.५७  रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७८/७९७९/८० र ८०/८१ मा कम्पनीले कम्पनीको प्रति शेयर नेटवर्थ क्रमश ८४.६८  रुपैयाँ९८.९९  रुपैयाँ र १०१.७४  रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष ७५/७६७६/७७ र ७७/७८  मा कम्पनीको वास्तविक प्रति शेयर आम्दानी  क्रमश -०.४७  रुपैयाँ, -०.३९   रुपैयाँर -०.२८  रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७८/७९  को पुस मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ०.०७  रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७८/७९७९/८० र ८०/८१ मा कम्पनीले कम्पनीको प्रति शेयर आम्दानी क्रमश -१२.०८ रुपैयाँ१४.४६  रुपैयाँ र १७.४४  रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

आईपिओबाट संकलन भएको पुँजीको उपयोग

कम्पनीले आईपिओबाट संकलन भएको पुरै रकम Bridge Gap Loan Against IPO को ऋण तथा ब्याज तिर्न प्रयोग गरिने उल्लेख गरेको छ

आईपिओ निष्काशन शुल्क विवरण

कम्पनीले बिक्रि प्रबन्धक तथा निष्काशक ग्लोबल आईएमई क्यापिटललाई ३ लाख ५० हजार शुल्क दिने उल्लेख गरेको छ । त्यस्तै शेयर बिक्रि नभएमा बिक्रि नभएको शेयर खरिद गर्ने सम्झौता गरेका  प्रत्याभूतिकर्ताहरु एनएमबि क्यापिटल, सनराइज क्यापिटल, कुमारी क्यापिटल र हिमालयन क्यापिटललाई कुल ४५ लाख ६९ हजार ९ सय २५ रुपैयाँ सेवा शुल्क दिने उल्लेख गरेको छ । वित्तिय प्रक्षेपण तयार गरिदिने विशेषज्ञलाई सेवा शुल्क वापत १ लाख र लेखापरिक्षकलाइ २ लाख दिने कम्पनीले उल्लेख गरेको  छ ।

कर्जा विवरण

कम्पनीले आयोजना सम्पन्न गर्नको लागि ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग गरि कुल ५ अर्ब ४१  करोड कर्जा स्वीकृत गराएको थियो । तर कम्पनीले स्वीकृत कर्जा मध्ये २०७८ माघ १४ गतेसम्म ५ अर्ब १ करोड ५१ लाख १५ हजार ६ सय १४ रुपैयाँ ऋण उपयोग गरेको उल्लेख गरेको छ । प्रयोग हुन बाँकि कर्जा ३९ करोड ४८ लाख ८४ हजार ३ सय ८५ रुपैयाँ रहेको छ ।  माथि उल्लेखित स्विकृत कर्जा सिमा बाहेक कम्पनीले थप रु ३६,००,००,०००/- Bridge Gap Loan against IPO र रु १६,००,००,०००/- Bridge Gap Loan against Transmission Line Sharing स्वीकृत कर्जा उपयोग गरिरहेको छ ।

माथि उल्लेखित स्विकत कर्जा सिमाभित्र रहने गरी ग्लोबल आइएमई बैंक लि. बाट ब्रिज ग्याप ऋण रु.२४१,४२५,०६२.८५/-(Bridge Gap Loan against IPO बाहेक) र सानिमा बैंक लि. बाट रु. ९४,७१६,३७७.३८/- गरी जम्मा रु. ३३६,१४१,४४०.२३/- ब्रिज ग्याप ऋण उपयोग गरिरहेको कम्पनीले जनाएको छ ।
माथि उल्लेखित स्विकृत कर्जा सिमा बाहेक Cost Overrun Financing को लागी गरी एभरेष्ट बैंक लि. बाट ब्रिज ग्याप ऋण रु.१५,००,००,०००/- ब्रिज ग्याप ऋण उपयोग गरिरहेको पनि कम्पनीले उल्लेख गरेको छ।

 सहवित्तियकरण सम्झौता अनुसारको कर्जाको भुक्तनी अवधि १२ वर्ष, र पूरक सहवित्तियकरण सम्झौता अनुसारकोल कजाको भुक्तानी १५ वर्ष रहेको छ ।   हाल वार्षिक ब्याजदर ८.८४ प्रतिशत रहेको छ ।

रेटिंङ विवरण

    साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (तेस्रो संशोधन सहित) मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्युर रेटिङ्ग गराउनु पर्ने भएकोले क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि., डिल्लीबजार, काठमाण्डौंबाट इस्युर रेटिङ्ग गराई “ICRANP-IRJ BB" (pronounced ICRA NP Issuer Rating Double B)' प्रमाणपत्र प्राप्त गरेको छ । “[ICRANP-IRJ BB” ले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको Moderate risk of default regardibg timely servicing of financial obligations) भन्ने बुझिन्छ । ईका नेपाल लि. ले ICRANP-IR AAA देखि ICRANP-IR D सम्मको रेटिङ्ग प्रदान गर्दछ । जसमा रेटिङ्ग “ICRANP-IR AAA" ले Highest degree of Safety Regarding Timely Servicing of Financial Obligation जनाउँछ भने "ICRANP-IR D' ले Default or are Expected to be in Default soon भन्ने जनाउँछ।

प्रति मेगावाट लागत सम्वन्धि विवरण

कम्पनीको प्रक्षेपति वित्तीय विवरण अनुसार निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत रु २१२,६६५,२६३.४३ रुपैयाँ (अनुमानित निर्माण सम्पन्न मिति २०७८÷११÷१७ गते कायम भएको) तथा कुल लागत रु ७,६५५,९४९,४८३.००  रहेको छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजनाको सिभिल निर्माण कार्य कम्पनीले आफैले गर्दै रहेको र निर्माण कार्यको लागी आवश्यक निर्माण उपकरण र मेशिनहरु लगायत अन्य स्थिर सम्पती समेत खरिद गरेको र त्यस्ता उपकरणको लागत रु.२४।५६ करोड समेत आयोजना सम्बद्ध खर्च भएको आधारमा आयोजनाको निर्माण खर्चमा गणना गरिएको जनाएको छ ।

आयोजना बारे थप विवरण

श्रोत नदी : वलेफी खोला

आयोजनाको किसिम : रन अफ रिभर

डिजाइन डिस्चार्ज : २३.५ घन मिटर प्रति सेकेण्ड

उत्पादन हुने इनर्जी : २१२.८३ गिगावाट घण्टा

विद्युतशक्ति आयोजनाको उत्पादन क्षमताः ३६ मेगावाट

ग्रस हेडः २०७ मिटर

 डाइभर्सन बाँधः लम्बाई ५१ मिटर, उचाई ८ मिटर, चौडाई १२.५७ मिटर

 डिस्यान्डीङ्ग वेसिनः ११५ मिटर लम्बाई १२ मिटर चौडाई १०.१ मिटर उचाई

 हेडरेस टनेल: ४२९५ मिटर लम्बाई, व्यास ३.४ एमएम देखि ४.१ एमएमसम्म

सतह पेनस्टकः लम्बाई ३९० मिटर, व्यास ३.० भएको र १२ एमएम देखि ३२ एमएमसम्म

सतह पावरहाउसः लम्बाई ५९ मिटर, चौडाई १४ मिटर, उचाई २२.५६

 मिटर टर्वाइन: ३ वटा प्रानसस, होरिजेन्टल, ७५० rpm, १२

 मेगावाट जेनेरेटरः १४.४६ MVA Per Unit (Three unit),७५० rpm, ५० Hz

 उत्पादन शुरु हुने मितिः २०७८/११/१७

आयोजनाको हालको अनुमानित लागतः रु.७,६५५,९४९,४८३.००

 आयोजनाको लागत निर्माण अवधिको ब्याज बाहेक : रु.६,३३०,४१९,२१८.००

आयोजनाको लागत निर्माण अवधिको ब्याज सहित : रु.७,६५५,९४९,४८३.००

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि : ७.५४ वर्ष

आयोजनाको डिष्काउन्टमा लगानी फिर्ता हुने अवधि : १४.१० वर्ष

 Net Present Value (NPV) : ,८७४,५२५,४८६.५०

Intemal Rate of Retum of Project (IRR): १२.७४%


नोट: यो सामग्री कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved