बलेफी हाइड्रोको आइपीओमा अहिलेसम्म कति पर्यो आबेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 06:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयरमा झन्डै १३ गुणा बढीको आबेदन परेको छ। चैत १६ गतेदेखि निष्काशन भएको बलेफी हाइड्रोको आइपीओमा निष्काशनको तेस्रो दिनमा झन्डै १३ गुणा बढीले आबेदन परेको हो। 

सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज आइतबार ५ बजेर ३० मिनेट जाँदाको समयसम्ममा बलेफी हाइड्रोको आइपीओमा १८ लाख ७० हजार ७०९ आवेदकबाट २ करोड १२ लाख २६ हजार ७५० कित्ताको लागि आबेदन परेको छ। यो भनेको झन्डै १२.७६ गुणाले बढी हो। 

बलेफी हाइड्रोले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । 

बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले चैत्र २१ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

कम्पनीको आइपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved