बलेफी हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2022 | 08:07:03 AM मा प्रकाशित

laxmi  sunrise bank

बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओमा आवेदन दिने आज चैत्र २१ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र १६ गतेदेखि  सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीको आइपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

आइतबार साँझसम्म कम्पनीको साधारण सेयरमा झन्डै १३ गुणा बढीको आबेदन परेको छ। आइतबार ५ बजेर ३० मिनेट जाँदाको समयसम्ममा आइपीओमा १८ लाख ७० हजार ७०९ आवेदकबाट २ करोड १२ लाख २६ हजार ७५० कित्ताको लागि आबेदन परेको छ। यो भनेको झन्डै १२.७६ गुणाले बढी हो। 

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved