सिवाईसी नेपाल लघुवित्तले बैशाख २ गतेदेखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 08:42:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सिवाईसी नेपाल लघुवित्तले बैशाख २ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रति कित्ता १०० अंकित  दरको ३ लाख ९५ हजार ३ सय ३६  कित्ता साधारण शेयर सार्वजनिक गर्न लागेको हो । 

जस मध्ये ०.५० प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् १९ हजार ७ सय ६६ कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ  । बाँकि रहेको ३ लाख ६९ हजार ४ सय ८८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । 

आवेदन दिंदा न्यनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ। आईपिओमा बैशाख ६ गतेसम्म आवेदन दिन सकिने छ  । 

 कम्पनीले आईपिओ निष्काशन अनुमति माग गर्दै असोज ११ गते बोर्डमा आवेदन दिएकोमा बोर्डले चैत्र ९ गते अनुमति प्रदान गरेको हो  । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

राष्ट्रिय स्तरको यस लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा  रहेकोे छ । कम्पनीले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन (प्राप्ति) गरेको छ । एक्विजिशन (प्राप्ति) पश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७.०४ रुपैयाँ रहेको छ । संस्थापक समुहको ६७.५० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।  

 विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँमा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved