निफ्रा र टेलिकम पनि बुक विल्डिङ आईपिओको मूल्य तोक्ने प्रक्रियामा सहभागी हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 02:53:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप ८ कम्पनीले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले चैत्र २३ मा थप ८ कम्पनीलाई स्वीकृति दिएको हो ।

यसै संगै यस्तो स्वीकृति पाउनेको संख्या ९५ पुगेका छन् । यस अघि बोर्डले  एक साथ ४६ , त्यसपछि दोस्रो चरणमा थप १८ , तेस्रो चरणमा थप ७ , चौथो चरणमा थप ९ , पाचौ चरणमा थप ५ , छैठौ चरणमा थप ५, सातौ चरणमा थप २ र अहिले आठौ चरणमा थप ८ लगानीकर्तालाई स्वीकृति दिएसंगै यस्तो स्वीकृति पाउनेको संख्या ९५ पुगेको हो ।

हाल स्वीकृति पाउनेमा सानिमा लार्ज क्याप फण्ड, नेपाल टेलिकम , प्रभु सेलेक्ट फण्ड, अल्का इन्भेष्टमेन्ट, स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सलटेन्ट प्रालि , टेलीभेन्चर्स पार्टनर्स , निफ्रा बैंक र महालक्ष्मी विकास बैंक रहेका छन् ।

बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ। संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन ।

 योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत संस्थाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नु होला ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved