उपकार लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ७ करोड नाफा लक्ष्य, पहिलो कारोबार '१२ सय प्लसमा'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 07, 2022 | 08:41:17 PM मा प्रकाशित

laxmi  sunrise bank

उपकार लघुवित्तले चैत्र २५ गतेदेखि आईपिओ निष्काशन गर्दै छ  । कम्पनीले  प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गर्न लागेको हो   

जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिल लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

यस निष्काशनमा चैत्र २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनी परिचय

यस लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको हो।  यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बाँकेजिल्ला, कोहलपुर नगरपालिका वडा नं. ११, मा रहेको छ । गरिबी रहित नेपाल निर्माणको मुख्य ध्येयका साथ स्थापित महिला उपकार मंच नामक गैरसरकारी संस्थाको अगुवाईमा यस लघुवित्त वित्तीय संस्था २०७५÷०४÷२५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस लघुवित्त वित्तीय संस्थाले मिति २०७५÷१०÷१७ गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी मिति २०७५÷१२÷०१ गतेका दिनदेखि औपचारिक रुपलेकारोवार शुभारम्भ भएकोयस लघुवित्त वित्तीय संस्थाको कार्यक्षेत्र प्रादेशिकस्तर (लुम्बिनी प्रदेश) स्तरको रहेको छ र आ.व. २०७८÷७९ को असोज मसान्तसम्ममा १० वटा जिल्लामा ३१ वटा गाउँ÷नगरपालिकाहरुमा ३२ वटा शाखा कार्यालय मार्फत चौतिस हजार त्रियासी जना सदस्यलाई लघुवित्त कार्याक्रममा आवद्ध गरेको छ । यस लघुवित्त वित्तीय संस्थाले आफ्नो छोटो सञ्चालन अवधिमा ३२ वटा शाखा कार्यालय मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

पुँजी संरचना

लघुवित्तको अधिकृत पूँजी   आठ करोड रहेको छ भने तत्काल जारी पूँजी छ करोड छपन्न लाख पच्चीस हजार रुपैयाँ रहेको छ । लघुवित्त वित्तीय संस्थाको संस्थापकहरुबाट तत्काल चुक्ता पूँजी चार करोड बिस लाख रहेको छ । सर्वसाधारणलाई आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी  छ करोड छपन्न लाख पच्चीस हजार हुनेछ । आईपिओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व क्रमश ६४ र ३४ प्रतिशत कायम हुने छ ।

संस्थापक/सञ्चालक विवरण

कम्पनीको आधारभुत शेयरधनीमा महिला उपकार मंच र प्रभु बैंक लिमिटेड रहेका छन् । महिला उपकार मंचसँग कम्पनीको २ लाख ८१ हजार ४ सय कित्ता शेयर रहेको छ भने प्रभु बैंकसँग कम्पनीको ६० हजार कित्ता शेयर रहेको छ ।

कम्पनीको सञ्चालकमा शान्तीदेवी ढकाल, चन्द्रकला न्यौपाने, नितु शमा, संगम पन्त , आरती  पौडेल, र राम चरण बि.सी रहेका छन् । कम्पनीको अध्यक्ष शान्तीदेवी ढकाल हुन् । उनी महिला उपकार मंचलाई प्रतिनिधित्व गर्दै संचालक समितिमा आएकी हुन् । उनीसँग २०६२ देखि २०६४ सम्म ३ वर्ष सम्म महिला उपकार मंचमा अध्यक्ष भई काम गरेको अनुभव छ । त्यस्तै २०६८ देखि २०७३ सम्म ५ बर्ष महिला उपकार मंचमा अध्यक्ष भई काम गरेको  र २०७५ देखि हाल उपकार लघुवित्त वित्तीय संस्था लिमिटेको अध्यक्ष भई काम गरिरहेको अनुभव छ । महिला उपकार मंच, कोहलपुर बाँके, कोहलपुर न.पा. वडा नःं ११ कोहलपुर बजारमा रहेको गैर सरकारी संस्था हो ।

कम्पनीले सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत अध्यक्ष र अन्य संचालकलाई प्रति बैठक भत्ता रु३००० दिने गरेको छ । वित्तीय संस्थाको कामको सिलसिलमा सञ्चालकलाई स्वदेशमा दैनिक भत्ता रु ३,०००,  भारतमा दैनिक भत्ता भारु ३,०००  भारत बाहेकका अन्य विदेशी मुलुकमा दैनिक भत्ता अमेरिकी डलर ५० दिने गरेको छ । कम्पनीले भ्रमण भत्ता बिल बमोजिम हुने जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाको सञ्चालकहरुले सञ्चालक समितिको बैठक भत्ता बाहेक अन्य कुनैपनि संस्थापक वा सञ्चालकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै वस्तु वा सुविधा (आर्थिक वा गैर आर्थिक) प्राप्त नगरेको र  सो सम्बन्धमा लघुवित्त वित्तीय संस्थाले संस्थापक वा सञ्चालकबाट कुनै सम्पत्ति वा सेवा समेत प्राप्त नगरेको कम्पनीले उल्लेख गरेको छ ।

ब्यबस्थापन विवरण

कम्पनीको प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्री हुन् । उनले एमएसम्म अध्ययन गरेकी छिन् । उनीसँग महिला उपकार मंचमा २ बर्ष समाजिक परिचालकको रुपमा, ७ बर्ष सुपरभाईजरको रुपमा  ९ बर्ष प्रबन्धकको रुपमा काम गरेको अनुभव छ ।  २०७५ साल देखि उनी प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छिन् ।  

कम्पनीको बरिष्ठ अधिकृत हरुमा लक्ष्मी केसी, पार्वती पराजुली, राम कुमार चौधरी, हरि केसी, चित्र बहादुर भण्डारी, रहेका छन् भने कम्पनीको अधिकृतमा उमेश अर्याल रहेका छन् । कम्पनीमा ५३  स्थायी,   ५२ प्रशिक्षार्थि, र अन्य ३५ गरि कुल १४० कर्मचारी रहेका छन् ।   

आर्थिक वर्ष ७७/७८ मा कम्पनीलेप्रमुख कार्यकरी अधिकृत शारदा कुमारी खत्रीलाई कुल १६ लाख ७२ हजार ४ सय ५० रुपैयाँ भुक्तानी दिएको छ भने बरिष्ठ अधिकृत लक्ष्मी केसीलाई १० लाख ७३ हजार ३ सय ६७ रुपैयाँ र बरिष्ठ अधिकृत पार्वती पराजुलीलाई ८ लाख ८६ हजार ४ सय ७१ रुपैयाँ प्रदान गरिएको छ ।

वित्तीय विवरण

आर्थिक वर्ष ७७/७८ को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार कम्पनीको शेयर पुँजी ४ करोड २० लाख, जगेडा तथा कोषहरु १२ करोड ७६ लाख, ब्याज आम्दानी २१ करोड १५ लाख, खुद ब्याज आम्दानी १२ करोड ५६ लाख, कुल संचालन आम्दानी १६ करोड ३७ लाख, र खुद नाफा ५ करोड ८८ लाख रहेको छ

आर्थिक वर्ष ७८/७९ को ६ महिनाको अवधिमा कम्पनीको शेयर पुँजी ४ करोड २० लाख, जगेडा तथा कोषहरु १४  करोड ५८  लाख, ब्याज आम्दानी १३  करोड ५४  लाख, खुद ब्याज आम्दानी ६  करोड ६०  लाख, कुल संचालन आम्दानी ८ करोड ९७  लाख, र खुद नाफा १ करोड ८८ लाख रहेको छ

कम्पनीले आर्थिक वर्ष ७८/७९ , ७९/८० र ८०/८१ मा कम्पनीको शेयर पुँजी ६ करोड ५६ लाख नै रहने प्रक्षेपण गरेको छ । यस अवधिमा कम्पनीले जगेडा तथा कोषहरु क्रमश १९ करोड ८५ लाख, ३१ करोड २८ लाख, र ४८ करोड ३६ लाख हुने प्रक्षेपण गरेको छ । यस अवधि कम्पनीले खुद ब्याज आम्दानी क्रमश १६ करोड ७९ लाख, १४ करोड १५ लाख, र ३३ करोड ३४ लाख रहने प्रक्षेपण गरेको छ । यस अवधिमा कम्पनीले कम्पनीको खुद नाफा क्रमश ७ करोड ९ लाख , ११ करोड ४२ लाख, र १७ करोड ८ लाख हुने प्रक्षेपण गरेको छ ।  

 प्रति शेयर नेटवर्थ र प्रति शेयर आम्दानीको विवरण ।

आर्थिक वर्ष ७५/७६, ७६/७७ र ७७/७८ मा कम्पनीको वास्तविक प्रति शेयर आम्दानी क्रमश ३४ रुपैयाँ, ५ रुपैयाँ ९१ पैसा, र १४० रुपैयाँ थियो । आर्थिक वर्ष ७८/७९ , ७९/८० र ८०/८१ मा कम्पनीले प्रति शेयर आम्दानी क्रमश १०८  रुपैयाँ, १७४ रुपैयाँ , र २६० रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष ७५/७६, ७६/७७ र ७७/७८ मा कम्पनीको वास्तविक प्रति शेयर नेटवर्थ क्रमश २६१.४३  रुपैयाँ, २६५.६४ रुपैयाँ, र ४३०.९१ रुपैयाँ थियो । आर्थिक वर्ष ७८/७९ , ७९/८० र ८०/८१ मा कम्पनीले प्रति शेयर नेटवर्थ क्रमश ४०३  रुपैयाँ, ५७७  रुपैयाँ , र ८३७  रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।


कम्पनीले उल्लेखित वित्तीय विवरणको प्रक्षेपणको लागि निम्न आधार प्रस्तुत गरेको छ ।

आईपिओ निष्काशनबाट उठ्ने रकमको उपयोग

कम्पनीले आईपिओबाट निष्काशन हुने रकमलाई निम्न अनुसार प्रयोग गर्ने उल्लेख गरेको छ ।

 -भौतिक पूर्वाधार तथा शाखा विस्तार– रु. १,१२,९०,०००

- पशुपालन तथा कृषीकर्जा – रु. ५०,००,०००

- खुद्रा व्यापार र सेवा कर्जा – रु. ५०,००,०००

- साना तथा घरेलु उद्योग कर्जा – रु. २३,३५,०००

 क्रेडिट रेटिङ्ग :

कम्पनीले सर्वसाधारणमा निष्काशन गरिने प्रारम्भिक साधारण शेयरको लागि क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईका नेपाल लि., डिल्लीबजार काठमाडौंले २०७८/०३/०९ मा यस उपकार लघुवित्त वित्तीय संस्थालाई [ICRANP -IR] BB- pronounced as ICRANP Issuer Rating Double B Minus रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सम्बन्धमा मध्यम क्रेडिट जोखिम (moderate risk of default regarding timely servicing of financial obligations) जनाउँदछ। ईका नेपाल लिमिटेडले [ICRANP -IR] AAA देखि [ICRANP -IR] D सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा [ICRANP -IR] AAA ले बलियो आधार जनाउँछ भने [ICRANP -IR] D ले कमजोर आधार जनाउँछ । यसको अर्थ ICRANP-IR] BBको स्थिति ICRANP-IR] BB को भन्दा एक चिन्ह तल रहन्छ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७९/०३/०७ सम्म रहनेछ।

पहिलो कारोबार

नेपाल स्टक एक्सचेन्ज नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ आर्थिक वर्ष ७७/७८ मा कम्पनीको  प्रति शेयर नेटवर्थ ४०३.९१ रुपैयाँ रहेको छ । यस हिसाबमा कम्पनीको पहिलो कारोबारको लागि ४०३.९१ रुपैयाँदेखि १२११.७३ रुपैयाँसम्मको रेन्ज तोकिने सम्भावना छ । यस बीचको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने ब्यबस्था छ । उच्च मूल्यबाट नै कारोबार सुरु भएमा कम्पनीको पहिलो कारोबार नै १२ सय भन्दा बढीको मूल्यबाट हुने छ ।

नोट: यो सामग्री कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved