समता घरेलु लघुवित्तले एफपिओ निष्काशन गर्न चयन गर्यो प्रत्याभूतिकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2022 | 05:09:34 PM मा प्रकाशित

laxmi  sunrise bank

समता घरेलु लघुवित्तले एफपिओ निष्काशनको लागि प्रत्याभूतिकर्ता चयन गरेको छ । कम्पनीले एनआईबिएल एस क्यापिटल क्यापिटललाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो ।

सम्झौतामा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटल क्यापिटलको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० (संस्थापक ः सर्वसाधारण) कायम हुने गरी  २,८९,४४० कित्ता साधारण शेयर एफपिओको रुपमा निष्काशन गर्न लागेको हो।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved