बलेफी हाइड्रोको आईपिओ भोली बाँडफाँड हुने, ३ जनालाई ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 01:39:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओ भोलि मंगलबार बाँडफाँड हुने छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले भोलि मंगलबार बिहान ९ बजे क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।  

कम्पनीको आईपिओमा झन्डै १५ गुणा बढीको आबेदन परेको छ। चैत १६ गतेदेखि २१ गतेसम्म निष्काशन भएको आईपिओमा २० लाख ५  हजार ७४९ आवेदकबाट २ करोड ४५ लाख ६९ हजार ७७० कित्ताको लागि आबेदन परेको छ। यो भनेको १४.७७ गुणाले बढी हो। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने छ । कम्पनीको शेयर १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले पाउने छन् । यी मध्ये ३ जनाले भने ११ कित्ता शेयर पाउने छन् ।  

बलेफी हाइड्रोले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणको लागि खुला गरिएको थियो। 

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved