बलेफी हाइड्रोको आईपिओ बाँडफाँड, २० लाख बढी आवेदक हात खाली, ३ जनाले पाए ११ कित्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2022 | 09:22:42 AM मा प्रकाशित

laxmi  sunrise bank

बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मंगलबार बिहान ९ बजे क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।  

क्यापिटलका अनुसार आईपिओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका थिए ।  जस मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रद्द भई २१ लाख ६८ हजार १ सय जना आवेदकको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराई आईपिओ बाँडफाँड गरिएको छ ।  

जस अनुसार १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । यसरी शेयर बाँडफाँड गर्दा ३ कित्ता शेयर बाँकि रहेकोले त्यसलाई पुन बाँडफाँड गरिएको छ । १ लाख ६६ हजार ३ सय ४५ १० कित्ता शेयर शेयर पाउने  १ लाख ६६ हजार ३ सय ४५ जना मध्येबाट १० कित्ता भन्दा बढी शेयरको लागि आवेदन दिएकालाई गोलाप्रथामा समावेश गराई पुन बाँडफाँड गरिएको छ । जसमा ३ जनाले १ कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा ३ जनाले ११ कित्ता शेयर पाएका छन् भने आवेदन दिएका मध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदक हात खाली भएका छन्  । 

बलेफी हाइड्रोले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो  भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको थियो । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणको लागि खुला गरिएको थियो। 

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved