समता घरेलु लघुवित्तले माग्यो एफपिओ निष्काशनको अनुमति, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2022 | 12:24:59 PM मा प्रकाशित

laxmi  sunrise bank

समता घरेलु लघुवित्तले एफपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले पुस २९ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले २ लाख ८९ हजार ४ सय ४० कित्ता एफपिओ निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले प्रति कित्ता १५९.०७ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति माग गरेको छ । कम्पनीले एफपियओ निष्काशनको लागि आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

 आइपिओ निष्काशन नगरेको घरेलु लघुवित्तलाई गाभे पश्चात कम्पनीको संस्थापक सर्वसाधारण शेयर संरचना ७०ः३० कायम गर्न कम्पनीले एफपिओ निष्काशन गर्न लागेको हो।  

यस संगै धितोपत्र बोर्डमा एफपिओ निष्काशनको अनुमति माग गर्ने कम्पनीको संख्या ५ पुगेको छ । किसान लघुवित्त , मिर्मिरे लघुवित्त, युनिक नेपाल लघुवित्त र उन्नति सहकार्य लघुवित्तले यस अघि नै एफपिओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिईसकेक छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved