कालिन्चोक दर्शन, हाथवे इन्भेष्टमेन्ट र सिटी होटेलले मागे आईपिओ निष्काशन अनुमति, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2022 | 05:08:02 PM मा प्रकाशित

laxmi  sunrise bank

थप ३ वटा कम्पनीले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कालिन्चोक दर्शन लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र सिटी होटेल लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै क्रमश चैत्र १५, चैत्र २५ र चैत्र ३० गते बोर्डमा आवेदन दिएका हुन् । 

कालिन्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणलाई गरि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि अनुमति मागेको हो। कम्पनीले आईपिओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ  ।

त्यस्तै हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाथवे इन्भेष्टमेन्टमा भेट्रान लगानीकर्ता अम्बिका पौडेल पनि आवद्ध छन् ।

त्यस्तै सिटि होटेलले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीको १० प्रतिशतका दरले प्रति शेयर अंकिम मूल्य रु.१०० मा आईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले १६ करोड ७४ लाख बर्बर्को १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्ने छ  । कम्पनीले आईपिओ निष्काशनको लागि ग्लोबल आइएमई क्यापीटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले गत कार्तिक १५ बाट सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved