दोर्दीखोला जलविद्युत कम्पनीले बैशाख १३ देखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2022 | 08:51:18 AM मा प्रकाशित

laxmi  sunrise bank

दोर्दीखोला जलविद्युत कम्पनीले बैशाख १३ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु (साविकको भारते, अर्चलबोट, श्रीभन्ज्यांग, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार, र हिलेटक्सार (१-८ वडा)का स्थानीयलाई आईपिओ निष्काशन गर्न लागेको हो 

कम्पनीले स्थानीयको लागि १० लाख ५४ हजार २ सय ६० कित्ता शेयर छुट्याएको छ । आवेदन दिंदा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ताको लागि दिन सक्ने छन् । 

यस आईपिओमा छिटोमा बैशाख २७ गतेसम्म  र सो समयसम्ममा पुरै आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी जेठ १ गतेबाट विजुली सम्पन्न गर्ने लक्ष्य राखेको छ 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved