सीवाईसी नेपाल लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2022 | 08:09:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सीवाईसी नेपाल लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज बैशाख ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २ गतेदेखि आईपिओ निष्काशन गरेको हो ।  

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने जनाईएको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । 

कम्पनीको आईपिओमा सोमबार साँझ ५ बजेसम्ममा माग भन्दा  ५७.२६ गुणा बढीको आवेदन परेको छ। सोमबार साँझ ५ बजेसम्ममा १८ लाख ६३ हजार ७ सय ९४ जनाले भरे शेयर भरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved