सीवाईसी नेपाल लघुवित्तको आईपिओ बाँडफाँड, ३२ सय जनाको आवेदन रद्द, ८ जनाले पाए ११ कित्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 09:28:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सीवाईसी नेपाल लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ ।  बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहिबार बिहान नक्साल स्थित क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।  

क्यापिटलका अनुसार आईपिओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जस मध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको छ । 

जस अनुसार गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । ति मध्ये ८ जनाले थप १ कित्ता शेयर पाउँदा लगानीकर्ताले अधिकतम ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदक हात खाली भएका छन् । 

कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म आईपिओ निष्काशन गरेको हो ।  कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

आईपिओमा २ करोड ४५ लाख २० हजार १ सय ४० कित्ताको लागि आवेदन परेको थियो। जुन माग भन्दा ६६.३६ गुणा बढी हो।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved