हिमालयन हाइड्रोपावरले बैशाख २५ गतेदेखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 08:21:10 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई बैशाख २५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित कास्कीको मादी गाउँपालिकाका वडा नम्बर १,२,३,४, ६ र ७ का स्थानीयलाई शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले यी ठाउँका स्थानीयलाई ९ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस आईपिओमा स्थानीयले छिटोमा जेठ ८ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २३ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। 

कम्पनीले स्थानीयलाई शेयर निष्काशन गरेपछि सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । नेपाल धितोपत्र बोर्डले बैशाख ४ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।  कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल २२ करोड पचास लाख रुपैंया बराबरको  २२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्ने छ । कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पदन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved