एपेक्स मल्टीप्लेक्सले आईपिओ निष्काशन गर्ने, ग्लोबल आईएमई क्यापिटलले दिने भयो सम्पूर्ण सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2022 | 12:44:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई क्यापीटलले पहिलो पटक संस्थागत परामर्श (Corporate Advisory) सेवा अन्तर्गत “BusinessConcept to Listing" सेवा शुरु गरेको छ । उक्त सेवा अन्तर्गत एपेक्स मल्टीप्लेक्स प्राइभेट लिमिटेड र ग्लोबल आइएमई क्यापीटल बीच “Business-Concept to Listing" सेवा उपलब्ध गराउने सम्बन्धमा दुबै पक्षबीच सम्झौता भएको छ ।

यस संगै अब क्यापिटलले एपेक्स मल्टीप्लेक्सलाई आईपिओ निष्काशन गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण सेवा उपलब्ध गराउने छ । 

 क्यापिटलले “Business-Concept to Listing" सेवा अन्तर्गत उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यवसायिक अवधारणा (Business Concept) लाई नेपाली व्यवसायिक बातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रबर्द्धन तथा कारोबारको दायरा विस्तार सँग सम्बन्धित कार्यहरु अगाडि बढाउनेछ भने निकट भविष्यमा Private Equity/Venture Capital (PE/VC) सम्बन्धी कार्यहरु गर्ने योजना रहेको जनाएको छ । साथै, पब्लिक कम्पनीमा परिणत गरिदिने, पब्लिक कम्पनीमा परिणत हुँदाको बखत Regulatory Frameworks अन्तर्गत प्रबन्धपत्र, नियमावली लगायत अन्य कागजातहरु तयार गर्ने तथा व्यवसायिक लगानीकर्ता खोज्न सघाउ पुरयाउने कार्यहरु गरिने क्यापिटलले जनाएको छ।

त्यसैगरी क्यापिटलले “Business-Concept to Listing" सेवा अन्तर्गत व्यवसायिक अवधारणालाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने संस्थागत परामर्श सेवा लगायतका सम्पूर्ण कार्यहरुमा मर्चेन्ट बैंकरको रुपमा सघाउ पुर्याउन सहकार्य गर्ने व्यहोरा समेत उल्लेख गरेको छ। साथै, क्यापिटलले उक्त क्रिष्टल पावर डेभलपमेन्ट प्रा.लि.लाई निकट भविष्यमा नै सर्वसाधारणमा शेयर निष्कासन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउने छ । ग्लोबल आइएमई क्यापीटलले “Business-Concept to Listing" सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि IPO जारी गरी Listing सम्मको कार्यलाई एकीकृत रुपमा सम्पूर्ण सेवा उपलब्ध गराउने  छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved