एनआईसीको 'आईडीया टु आईपिओ' सेवा अन्तर्गत २ कम्पनी मर्ज भई आईपिओमा जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 10:22:40 PM मा प्रकाशित

laxmi  sunrise bank

पशुपति इन्भाईरोमेन्टल पावर कम्पनी (प्रा.लि.) र पशुपति इन्भाईरोमेन्टल इन्जिनियरिङ्ग पावर कम्पनी (प्रा.लि.) लाई एनआइसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा प्रदान गर्ने भएको छ ।  क्यापिटलले  संस्थागत परामर्श सेवा अन्तर्गत दुवै कम्पनीलाई एक आपसमा मर्जर गरी उक्त कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी आईपिओ जारी गर्ने चरणमा पुर्याई आईपिओ निष्काशन गर्ने गरि त्रिपक्षीय सम्झौता गरेको छ ।

मर्जपछि बन्ने कम्पनीले एनआईसी एशिया क्यापिटलको “आईडीया टु आईपिओ" सेवा अन्तर्गत आईपिओ निष्काशन गर्ने भएको हो।  “आईडीया टु आईपिओ" सेवा अन्तर्गत क्यापिटलले कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पुयाउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने गरेको छ। सम्झौता अनुसार क्यापिटलले कम्पनीलाई संस्थागत परामर्श, निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको सेवा प्रदान गर्ने छ।

क्यापिटलले  “आईडीया टु आईपिओ"  सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आईपिओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपिओ  जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र आईपिओ  जारी गर्न योग्य कम्पनी बनाउन आवश्यक सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved