रिभर फल्स पावरको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 08:28:08 AM मा प्रकाशित

laxmi  sunrise bank

रिभर फल्स पावरको आईपिओमा आवेदन दिने आज जेठ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले बैशाख २८ गते देखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । 

जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बांकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयरको लागि आवेदन दिन सकिने छ ।   बैशाख ३० गते , ३१ गते, जेठ १ गते र जेठ २ गते सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ  कुल ८ दिन बिक्रि खुला रहने भएको हो ।  

 शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनी यस अघि नै संखुवासभाका आयोजना प्रभावितलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । 

रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्त भित्र आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved