अपर सोलुको आईपिओमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 08:21:55 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित लाई आईपिओ बिक्रि खुला गरेकोमा पर्याप्त आवेदन नपरेपछि आवेदन दिने म्याद थप भएको हो  । अब यस आईपिओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ  । 

कम्पनीले सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुंग, गोराखानी,  टाप्टिंग र तिङ्गला गाविसका सम्पूर्ण वडाको लागि शेयर निष्काशन गरेको हो । कम्पनीले यी क्षेत्रका स्थानीयलाई १३ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।  शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीयलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।  नेपाल धितोपत्र  बोर्डले बैशाख ७ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले आयोजना प्रभावित र स्थानीयलाई गरि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved