थप ३ कम्पनीले मागे आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 11:49:31 AM मा प्रकाशित

laxmi  sunrise bank

थप ३ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र  बोर्डमा आवेदन दिएका छन् । बोर्डमा मायाखोला हाइड्रोपावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

मायाखोला हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि ३४ करोड बराबरको ३४ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले बैशाख २८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

त्यस्तै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि १६ करोड ३२ लाख १६ हजार बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले गत चैत्र २ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

त्यस्तै मकर जितुमाया सुरी हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २२ करोड ८० बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले बैशाख ८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छन्  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved