एनआईसी एसिया क्यापिटलले जेठ १९ देखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 11:01:15 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया क्यापिटल NIC Asia Capital  ले जेठ १९ गते देखि  एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड नामको सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्ने भएको छ। यो योजना १ अर्ब आकारको बन्दमुखी प्रकृतिको योजना हो ।  

क्यापिटलले योजनाको  प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये बिज पुँजी वापत न्युनतम १ करोड ५० लाख कित्ता वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्दक एनआईसी एसिया बैंकको लागि सुरक्षित गरिएको छ । बाँकि रहेको न्युनतम ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

यस निष्काशनमा न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकैईको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा जेठ २४ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा असार २ गतेसम्म  आवेदन दिन सकिने छ 

यो योजना एनआइसी एसिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने छ । यो ७ वर्षे अवधिको योजना हो । 

 यो योजना अन्तर्गत संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सुचिकृत कम्पनीहरुमा लगानी गरिने कम्पनीले उल्लेख गरेको छ । लगानी गर्दा स्मल क्याप, मिड क्याप, तथा लार्ज क्याप मध्ये जुनमा क्यापमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ, त्यसमै लगानी गर्ने क्यापिटलले जनाएको छ । 

 हाल क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्ड, एनआइसी एसिया ब्यालेन्स फण्ड, एनआईसी एसिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) र डाईनामिक डेब्ट फण्ड नामक म्युचुअल फण्ड गरि ४ वटा योजना संचालन गरिरहको छ । जस मध्ये  डाईनामिक डेब्ट फण्ड खुलामुखी योजना हो । अहिले निष्काशन गर्न लागेको योजना कम्पनीको ५ औ योजना हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved