२ अर्बको ऋणपत्र बिक्रि गर्दै एभरेष्ट बैंक, बार्षिक कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 06:14:47 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र एभरेष्ट बैंक लिमिटेड विच ऋणपत्रको निष्काशनका लागि सम्झौता भएको छ। लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न आज जेठ १०, २०७९ मा सम्झौता गरेको हो।

उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन्। 

बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५” जारी गर्न लागेको हो । बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ। 

जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १०.५०% दरले ब्याज भुक्तानी त्रैमासिक रुपले ३÷३ महिनाको अवधिमा हुनेछ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved