आदर्श लघुवित्त र राप्ति हाइड्रोले पाए आईपिओ निष्काशन अनुमति, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 11:55:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आदर्श लघुवित्त वित्तीय संस्था र राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएका छन्  । नेपाल धितोपत्र बोर्डले जेठ १० गते मंगक्बर यी २ कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो  । 

बोर्डबाट अनुमति पाएसंगै आदर्श लघुवित्तले  ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि बि.ओ.के. क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असोज २० गते बोर्डमा आवेदन दिएको थियो ।   कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ  । 

त्यस्तै राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।   कम्पनीले भदौ ८ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved