बिन्ध्यबासिनी हाइड्रोले जेठ २० देखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2022 | 09:38:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जेठ २० गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।  बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने छ ।  आईपिओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने छ ।  शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

कम्पनीले यस अघि  पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड मूल्यका १० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले काक्सीको रुदी खोलामा रुदी ए र रुदी बि गरि कुल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved