दोर्दीखोलाको आईपिओ बाँडफाँड, २ लाख ९७ हजार कित्ताको लागि आवेदन परेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2022 | 09:58:14 AM मा प्रकाशित

laxmi  sunrise bank

दोर्दीखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले बैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म  आयोजना प्रभावित स्थानियलाई  १० लाख ५४ हजार २ सय ६० कित्ता शेयर शेयर निष्काशन गरेको थियो। 

कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु (साविकको भारते, अर्चलबोट, श्रीभन्ज्यांग, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार, र हिलेटक्सार (१-८ वडा)का स्थानीयलाई आईपिओ निष्काशन गरेको थियो । आईपिओमा ७ लाख ५६ हजार ४ सय २० कित्ताको लागि मात्र आवेदन परेकोले सबै आवेदकले माग बमोजिम नै शेयर पाएको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ

स्थानीयले खरिद नगरेको २ लाख ९७ हजार ८ सय ४० कित्ता शेयर र सर्बसाधारणलाई छुट्याईएको शेयर सर्बसाधारणको लागि निष्काशन हुने छ ।  कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved