पहिलोदिनमै बिक्यो बिन्ध्यबासिनी हाइड्रोपावरको सेयर, झन्डै ३ लाखले भरे आइपीओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 08:47:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणलाई आजदेखि बिक्रि खुला गरेको साधारण सेयरमा पहिलो दिनमै झन्डै तीन गुणा बढीले आबेदन परेको छ। 

१३ करोड ६५ लाख रुपैयाँ बराबरको १३ लाख ६५ हजार कित्ता आइपीओ बिक्रि खुला गरिएकोमा पहिलो दिनमै दुइ लाख ९९ हजार ५१६ जनाले ३६ लाख ७४ हजार ५९० कित्ताको लागि आबेदन दिएको सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेडले जनाएको छ। 

सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेडकाअनुसार आज जेठ २० गते बेलुका ५ बजेर ३६ मिनेट जाँदासम्म ३६ करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको आबेदन परेको छ। 

बिन्ध्यबासिनी हाइड्रोपावरले आज जेठ २० गतेदेखि सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको हो। जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ।  

बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने छ ।  आईपिओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने छ ।  शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

कम्पनीले यस अघि  पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड मूल्यका १० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले कास्कीको रुदी खोलामा रुदी ए र रुदी बि गरि कुल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved