सगरमाथा जलविद्युतले आइपीओ बिक्रि गर्ने, बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2022 | 12:21:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको शेयर सर्वसाधारणमा निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त भएको छ। 

सो नियुक्ति सम्बन्धी सम्झौता एक कार्यक्रमको आयोजना गरी मिति २०७९ जेष्ठ १९ गते बिहीबार सम्पन्न भएको हो। सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक  दिनेश थकालीे हस्ताक्षर गरेका छन्। 

सो कार्यक्रममा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक भूषण गुरागाईं तथा प्रभु क्यापिटलका लिमिटेडका तर्फबाट चिफ बिजनेस अफिसर बासु थपलियाको उपस्थिति रहेको थियो । 

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । 

आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए। 

कम्पनीले आफ्नो जारी पूँजी रु. १ अर्ब १२ करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रु. ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved