श्वेतगंगा हाइड्रोपावरको पहिलो चरणको आईपिओ आजदेखि बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 08:24:13 AM मा प्रकाशित

laxmi  sunrise bank

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई जारी पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ९३ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

 जसमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को बड़ा नं २,३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. ४, ५, ६,७ र ९ लाई जम्मा निष्काशन गरिने शेयरको ७० प्रतिशतले हुने अर्थात ११ लाख १५ हजार १०० कित्ता छुट्याईएको छ । त्यस्तै आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को बड़ा नं. ५,६ र ७ र मन्थली न.पा.को बडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को बडा नं. १ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको २५ प्रतिशतले हुने अर्थात ३ लाख ९८ हजार २५० कित्ता छुट्याईएको छ । त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. १,२ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको ५ प्रतिशतले हुने अथांत ७९ हजार ६५० कित्ता शेयर छुट्याईएको छ।

यस निष्काशनमा न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा असार ६ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ १० गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर निष्काशन गरेपछि सर्वसाधारण तथा कर्मचारीलाई यी शेयर जारी गर्ने छ ।  कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।

 कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । 

यो सानिमा समुह अन्तर्गतको कम्पनी हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved