'गभर्नरले हुन्छ भन्नुभए जस्तो लाग्यो, प्रधानमन्त्रीले हुन्छ होइन गर्नुपर्ने भयो भन्नुभयो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 05:49:38 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको शुरुवातसँगै ओरोलो लाग्न थागेको नेपाली पूँजीबजार एक हजार बढी अंकले गिरावट आएको छ । शेयर बजार निरन्तर रुपमा ओरालो लाग्दा शेयर लगानीकर्ताहरु आत्तिएका छन् । चालु अािर्थक वर्षको ९ महिनामा शेयर बजार उत्तारचढावका बीच चलिरहेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीतिले शेयर धितो कर्जामा ४÷१२ करोडको नीति ल्याएसँगै बजार ओरालो लाग्न शुरु भएको थियो । शेयर बजार लगानी कर्ताहरुले राष्ट्र बैंकको नीति संशोधन गर्न बारम्बार माग गरेपनि अहिलेसम्म सम्बोधन हुन सकेको छैन । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शेयर लगानीकर्ताको हीतमा नीति नआउँदा लगानीकर्ताहरु भने सरकारसँग असन्तुष्ट छन् ।

अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डले शेयर बजार लगानीकर्ताहरुको माग सम्बोधन नगरेको र बजेटमा सरकारले लगानीकर्तालाई सम्बोधन गर्न नसकेको भन्दै लगानीकर्ताहरुले शेयर लगानी कर्ताको माग सम्बोधन गर्न (आईतवार) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । आईतवार नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर लगानी कर्ताहरुले पूँजी बजारको विकास र बिस्तार गरी लगानी कर्ताहरुको माग सम्बोधन गर्न दबाव दिएका थिए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सोमवार संघकी अध्यक्ष पोखरेलले शेयर बजारका नियामक निकायहरुले लगानी कर्ताहरुको माग सम्बोधन नगरेकाले बाध्य भएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताईन्  । अध्यक्ष पोखरेलले अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्से लगायत सम्बन्धित निकायलाई बारम्बार भेट गर्दा माग सम्बोधन गर्छौं भन्ने प्रतिवद्धता व्यक्त गरेपनि कार्यान्वयन नगरी आश्वासन मात्रै दिने गरेको बताईन् । उनले शेयर लगानी कर्ताको अबको लक्ष्य लगानी कर्ता बचाउनु रहेको बताईन्  ।

उनले भनिन् ,‘हामी एकैपटक प्रधानमन्त्रीको ढोका न ढक्ढक्याऔं भन्ने थियो । शेयर बजारमा समस्या बुझ्ने नीति बनाउने अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्से लगायत विभिन्न रहेका छन् । उहाँहरुलाई हामीले पटक–पटक भेट्न खोज्यौं तर पहिलो कुरा समय नै दिनुहुन्न । भेट गर्दापनि हुन्छ तपाईहरुका माग सम्बोधन हुन्छ भनिन्छ तर त्यो आश्वासन मात्रै हुन्छ । कार्यान्वयन केही पनि हुँदैन । अन्तिम विकल्प सास छउन्जेल आश भने जस्तै प्रधानमन्त्रीलाई भेट्नुपर्छ भनेर भेट्न गयौं । बजारमा धेरै समस्याहरु छन् । त्यो समस्या बजार चल्दैजाँदा आउने जाने भए तर अहिलको मुख्य समस्या भनेको लगानीकर्तालाई जसरी हुन्छ बचाउनु हो ।’

अध्यक्ष पोखरेलले ९ महिना अगाडि ३२ अंकमा शेयर बजार पुग्दा लगानी गरेका लगानीकर्ताको अवस्थालाई राज्यले बुझ्न नसकेको बताईन्  । उनले शेयर लगानी कर्ताहरु डुब्न लाग्दासमेत सरकार मौन बसेकोप्रति आपत्ति बताईन्  उनले प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्री देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर शेयर बजारमा लगानी कर्ता समस्याको बारेमा बुझ्न र तत्काल समस्या समाधानगर्न निर्देशन दिएको पनि बताईन्।

उनले भनिन्,‘ ३२ सय बिन्दुमा लगानी गर्ने लगानीकर्ताका के हालत भएको होला यस्तो ग्राउण्ड स्तरको कुरामा प्रधानमन्त्री किन बोल्नु भएन भन्छौं । यस्तो कुरा उहाँलाई थाहा नै छैन । प्रधानमन्त्रीसँग चार वटा मात्रै माग उठाएका छौं । प्रधानमन्त्रीलाई हामीले लगानीकर्तालाई परेको समस्याको विषयमा कुरा सुनायौं । मैले प्रधानमन्त्री ज्युसँग कुरा राख्दा एकदमै भावुक बनेको थिएँ । तपाईहरु हाम्रो अभिभावक हो । शेयर बजारमा सामान्य माग लिएर प्रधानमन्त्रीसमक्ष हामी आउनुपर्छ । यदि शेयर बजार अहिलेकै अवस्थामा रह्यो भने लगानीकर्ता घरको न घाटको भएको सुन्न सक्नुहुनेछ । यस्तो अवस्थामा हजुरहरु बोल्नेकी नबोल्ने भन्ने कुरा राखौं । प्रधानमन्त्री ज्युले गभर्नर ज्युलाई फोन लगाउन आदेश दिनुभयो र फोन गयो । गभर्नर ज्युले भनेको कुरा सुनिएन । प्रधानमन्त्री ज्युले शेयर बजार लगानीकर्ताहरुको संगठनबाट आउनुभएको छ । उताबाट को आयो भनेर सोध्नु भयो । यताबाट प्रधानमन्त्री ज्युले राधा पोखरेल भन्नुभयो । उहाँहरु आउनुभएको छ । समस्या केके छ सुनुवाई गरिदिनु भन्नुभयो । गभर्नर ज्युले हुन्छ भन्नुभए जस्तो लाग्यो । प्रधानमन्त्री ज्युले हुन्छ होइन गर्नुपर्ने भयो भन्नुभयो । प्रधानमन्त्री ज्युले उहाँहरुलाई तपाईसँग भेट्न पठाइदिन्छु भन्नुभयो ।’

अध्यक्ष पोखरेलले लगानीकर्ता संघले उठाएका मागलाई सरकारले तत्काल सम्बोधन गरे मात्रै शेयर बजारले गति लिन सक्ने बताईन् । उनले लगानीकर्ताको माग सम्बोधन नभएसम्म शेयर बजारले गति लिन्छ भन्ने आशा नभएको बताईन्   । अध्यक्ष पोखरेले अब पनि सरकारले शेयर बजारप्रति लाचारिपन देखाएमा लगानीकर्ताले ढुक्क भएर लगानी गर्नसक्ने अवस्था नहुने बताईन् ।

उनले भनिन्,‘अहिले हामीले जुनजुन मुद्दाहरु उठाएका छौं त्यो मुद्दाहरु माग सम्बोधन तत्काल भयो भने शेयर बजारले गति लिन्छ । नभए तत्कालै हामीले आश नगर्दा पनि हुन्छ । सरकारको यस्तो लाचारिपन भयो भने कसरी लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्छौं । अहिले भएका लगानीकर्ता पनि बाहिरिने अवस्था सिर्जना भएको छ । सरकारको नेतृत्व तहमा बसेकाहरुले साच्चै शेयर लगानीकर्ता पीडामा रहेछन् । भनेर आफ्नो कुर्सी जोगाउने भन्दा पनि समस्या सम्बोधन हुन्छ भने आशा गरौं । अहिले बजारलाई क्र्यासकै अवस्थामा पु¥याइएको छ । किनकी प्रधानमन्त्री जस्तो मान्छलाई शेयर बजारको यो अवस्था छ भनेर जानकारी हुँदैन भने हामीले कोसँग आश गर्ने ?।’

अध्यक्ष पोखरेलले नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई कारबाही गरेसँगै घट्न शुरु भएको शेयर बजारले अझै निरन्तरता पाएको बताईन् । उनले बजार ओरालो लाग्नुको मुख्य कारण नै राष्ट्र बैंकको शेयर धितो कर्जामा ४÷१२ करोडको सीमा नै पहिलो भएको दाबी गरिन्। उनले भनिन्,‘ पछिल्लो ८ महिनादेखि शेयर बजार निरन्तर रुपमा ओरालो यात्रामै छ । धितोपत्र बोर्डले ५१ कम्पनीलाई कारबाही गरेर शेयर बजार घट्न शुरु भएको हो । तर पछिल्लो अवस्थामा नेपाल राष्ट्र बैंकको शेयर धितोकर्जामा ४÷१२ करोडको सीमा नै पहिलो कारण हो । राष्ट्र बैंकले शेयर बजारप्रति ल्याउने नीति ल्याउने बित्तिकै बजार घटिहाल्छ । राष्ट्र बैंकले के भन्ने गरेको छ भने हामी तपाईहरुको नियामक होइन भन्ने तर नीति भने शेयर बजार घटाउने ल्याउँछ ।’

त्यस्तै,अध्यक्ष पोखरेलले शेयर लगानीकर्ता नेप्से सकारात्मक दिशामा नगएसम्म सन्तुष्ट हुने अवस्था नभएको बताईन् । उनले शेयर बजार निरन्तर रुपमा गिरावट आउँदासमेत सरकारले बजेटमा उपेक्षा गरेको बताईन् । बजार बढाएर शेयर बजारलाई चलायमान बनाउने बजेट आउने आशा लगानीकर्ताहरुको भए पनि बजेट विगतको कपि मात्रै भएको अध्यक्ष पोखरेलले बताईन्  । सरकारको आगामी आर्थिक वर्षको बजेटमा लगानीकर्ताको मागलाई सम्बोधन गर्न नसकेको बताईन्  ।

उनले भनिन्,‘लगानीकर्ता कतिबेला सन्तुष्ट भएको देखिन्छ भने शेयर बजार सकारात्मक बाटोमा जान्छ । तर, सरकारले ल्याएको बजेट आएको भोलीपल्ट नै बजार भारी अंकले घट्यो । अहिले बजार निरन्तर रुपमा घटिरहेको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कपि पेष्ट मात्रै हो । यो वर्षको बजेटमा कुनै शेयर लगानीकर्ता लक्षित गरेर ल्याइएन । जहिले पनि अघिल्लो सरकारले ल्याएको बजेट कपि भएर मात्रै आउँछ । बजेटले लगानी कर्ताहरुको मागहरुलाई सम्बोधन गर्न सकेको छैन ।’

अध्यक्ष पोखरेलले विगतमा लामो समयदेखि माथिल्लो नेतृत्व वा नीति बनाउनेहरुले शेयर बजार नबुझ्दा बारम्बार समस्या आउने गरेको बताईन्  । उनले शेयर बजारको विषयमा जानकारी नभइ बिना आधारमा टिकाटिप्पणी गर्नाले समेत बजार प्रभावित हुने गरेको बताईन् । अध्यक्ष पोखरेलले अब शेयर बजारको विषयमा लगानी कर्ताहरुले सडकमा नभई आगामी संघीय निर्वाचनपछि संसदमा नै कुरा उठाउने तयारीमा रहेको दाबी गरिन् । शेयर बजार र अर्थतन्त्र बुझेको मान्छे सांसद हुनु आवश्यक रहेको उनको भनाई छ । अहिलेको सरकार र राजनीतिक दलहरुबाट आशा गर्न सकिने अवस्था आएको दाबी अध्यक्ष पोखरेलको छ ।

उनले भनिन् ,‘ हामीले विगत देखि नै भोग्दै आएको हो । नीति बनाउने नेतृत्वमा बस्नेहरुले हो । उहाँहरुले शेयर बजार र लगानीकर्ताको भावना नबुझ्दा नीतिहरु त्यस्तै बन्ने गरेका छन् । पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरु तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शेयर बजारप्रति नकारात्मक बोल्दा २ सय अंकले बजार घटेको थियो । हामीले अब के बुझेका छौं भने अर्थतन्त्र,शेयर बजार बुझेको व्यक्ति सडकबाट नभएर सदनमा गएर कुरा उठाउने थियो भने बजारको यो अवस्था हुने थिएन । सबै बुझको व्यक्ति सांसद हुनुप¥यो । हामीहरु सांसदमा गएर कुरा उठाउने ठाउँमा गएर बोल्यो भने बजारको अहिलेको जस्तो हालत हुँदैन । अब आउने संघीय सांसदको निर्वाचनमा हामी त्यहाँ पुग्ने हैसियतमा जान्छौं । अहिलेको राजनीतिक नेतृत्वबाट केही आशा छैन । अब सडकमा बसेर दुःख गरेर केही हुन्छ भने लगानी गर्छौं त्यो व्यक्ति सांसदमा पुग्नुपर्छ । नीति बनाउने बन्नुपर्छ ।’

अध्यक्ष पोखरेलले शेयरमा गरेको लगानी अहिले नै ५० प्रतिशतसम्म गुमिसकेको बताईन्  । सरकारले शेयर लगानी कर्ताप्रति कठिन नीति लिँदा शेयर लगानीकर्ता मारमा परेको अध्यक्ष पोखरेले बताईन्  ।

उनले भनिन्,‘ शेयर बजार यस्तै हुने हो भने दुई चारदिन भित्रमा कहीँ कतैबाट सम्बोधन हुँदैन भने लगानीकर्ताहरु घरको न घाटको हुने अवस्था छ । आफूले खाइनखाइ गरेर शेयर बजारमा लगानी गरेका छन् । अहिले त्यसको ५० प्रतिशत पनि बजारमा छैन । नीति बनाउँदा बजार बढ्नेसँगै बनाउने हो । बजार उच्च अंकमा पुगेपछि शेयर बजारप्रति कठोर नीति लिँदा लगानीकर्ता फसेका छन् । त्यसले कसैलाई फाइदा पुगेको छ तर साना लगानीकर्ताको हीतमा हुँदैन । अहिले आफ्नो सम्पत्ति सकिने नदिनको लागि लगानीकर्ताहरु अनसन बस्न थाल्नुभएको छ । शेयर बजारका लगानीकर्ताको लागि कुनै नियमाक निकायहरु रहेनछन् । प्रधानमन्त्री भेट्न २० दिन लाग्छ । अन्य अर्थमन्त्री,गभर्नर भेट्न त्यस्तै छ । शेयर लगानीकर्ताको सम्पत्ति कसरी सुरक्षित हुन्छ भन्ने प्रश्न पहिले हो । अहिले हामीले शेयर धितोमा ४÷१२ करोडको नीति संशोधनको माग राखेका छौं । त्यो संशोधन गर्न बजेट वा मौद्रिक नीति पर्खनुपर्ने हो । बजेट ल्याउन खोजेको छैन जेठ १५ मा नै ल्याउनुपर्छ भन्ने होइन । सरकारले यो नीतिलाई तत्काल खारेज गर्नुप¥यो । बजारलाई लगाम लगाउने कुरा फरक होला तर बजार नै क्र्यास हुने बेलासम्म राज्य मौन बस्छ भने हाम्रो लागि किन चाहियो राज्य ? हाम्रो अभिभावक भनेको सरकार हो । राज्यले हाम्रो कुरा सुन्दैन भने हामी राज्य भनेर किन बस्ने ?'

अध्यक्ष पोखरेलले  अहिले आफ्नो सम्पति सकिन नदिनको लागि केही लगानी कर्ताहरु अनसन बस्न थालेकोसमेत बताईन् । उनले शेयर बजार लगानीकर्ताको लागि कुनै नियामक निकायहरु नभएको जस्तो अवस्था देखिएको बताईन्  । सरकारले शेयर धितो कर्जाको ४÷१२ करोडको नीति संशोधन तत्काल खारेज गर्नुपर्ने उनको भनाई छ । सरकारले बजारलाई लगाम लगाउने कुरा फरक भए पनि  बजार नै क्र्यास हुने बेलासम्म मौन बस्नु राम्रो नभएको उनले बताएकी छिन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved