बिन्ध्यबासिनी हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2022 | 08:15:51 AM मा प्रकाशित

laxmi  sunrise bank

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज जेठ २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २० गतेदेखि सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको हो।

जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ।  बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने छ ।  शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

 कम्पनीले यस अघि  पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड मूल्यका १० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले कास्कीको रुदी खोलामा रुदी ए र रुदी बि गरि कुल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved