४/१२ पुनरावलोकन गरि उचित निकास दिएर लगानीकर्ताको मनोबल उच्च बनाउछु : बोर्ड अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2022 | 11:51:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र  बोर्डका अध्यक्ष रमेश कुमार हमालले शेयर धितो कर्जाको ४/१२ को नीतिको पुनरावलोकन गरिन् बजारलाई निकास दिने बताएका छन् । बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ४/१२ को नीति बारे ब्यापक गुनासो आएकोले उक्त नीतिको पुनरावलोकन गरि उचित निकास दिएर लगानीकर्ताको मनोबल बढाउने बताएका हुन् ।

उनले विश्वका अन्य देशमा भईरहको द्वन्द, अन्तराष्ट्रिय बजारमा देखिएको कच्चा तेलको मूल्य वृद्धि, नेपाल भित्र तरलताको समस्या, बढ्दो ब्याजदर, शेयर धितो कर्जाको नीति लगायतका कारणले नेपे सूचकमा गिरावट आएको बताए । 

उनले मर्जरमा जाँदा कारोबार रोक्का हुने समस्याको समाधानको ठोस पहल भईरहेकोले यसको छिट्टै सकारात्मक नतिजा आउने बताएका छन् । त्यस्तै उनले ४ महिना भित्र नेप्सेमा एसएमई प्ल्याटफर्मको सुरुवात गर्ने, ४ महिना भित्र विदेशमा रहेका नेपालीलाई आरक्षणको ब्यबस्था गर्ने र ४ महिना भित्र नै एनआरएनलाई पुँजीबजारमा ल्याउने काम भईसक्ने प्रतिवद्दता जनाएका छन् । 

त्यस्तै उनले बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेस भएका निवेदनहरूलाई Merit Based File Approval System का आधारमा प्रक्रिया अगाडि बढाउने, बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको Automated Electronic Auction System तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याउने , पर्याप्त पूजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको माध्यमबाट पंजी तथा व्यावसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमति पत्र प्रदान गरी समुन्नतिको दायरमा बढाउने, वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउने घोषणा गरेका छन्  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved