पुँजीबजार दुर्घटनामा गयो, असार १ गतेबाट थप डिजास्टर हुन्छ: अम्बिका पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 09:35:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उन्द्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले असार १ गतेबाट पुँजीबजारमा थप डिजास्टर हुने बताएका छन्। एक टेलिभिजन कार्यक्रममा उनले राष्ट्र बैंकले  शेयर कर्जाको जोखिम भार १०० प्रतिशतबाट १५० प्रतिशत बनाएको र त्यो असार १ गतेबाट लागु हुने भएकोले यसले पुजीबजारलाई झनै डिजास्टर हुने बताएका हुन् । 

उनले ९ महिनामा १९ खर्ब ( १५ खर्ब र यो बीचमा थपिएको ४ खर्ब समेत) बजार पूंजीकरण क्षय भएको बताए। राष्ट्र बैंकले कुल ऋणको १ प्रतिशत ऋण घटाउनको लागि गरिएका कार्यले बजारमा १९ खर्बको नोक्सानी भएको उनले उल्लेख गरे । १९ खर्ब नोक्सानी हुँदा धेरै लगानीकर्ताले आर्थिक रुपले सडकमा पुगेको र  भौतिक रुपले सडकमा आउनु पर्ने अवस्था आएको बताए । १९ खर्ब नोक्सानी भईसकेकोले पुँजीबजार दुर्घटनामा गईसकेको उनले बताए 

उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजीबजारमा लगानी गर्न कडाई गरेको , लघुवित्तको शेयर बिक्रि गर्न लगाएर आपूर्ति बढाएको , कर्जामा ४ र १२ करोडको नीति लिएको र सरकारले आफुले नै गर्छु भनेका काम नगरेकोले अहिलेको अवस्था आएको उनले बताए ।  नियामकले आफ्ना समस्या नसुनेको र सरकार पनि सुतेर बसेकोले सरकारलाई ब्युझाउनको लागि लगानीकर्ताहरु सडकमा आएको उनले बताए ।  

उनले ५८ बुँदे सुझावहरु कार्यन्वयन हुनु पर्ने, र राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दा पुँजी बजारलाई असर पर्ने गरि ३-३ महिनामा नीति नफेर्न मात्र आग्रह गरेको उनले बताए ।  उनले बजार घटेको भएर आन्दोलन नगरेको बताए । त्यस्तै उनले बजारमा एनआरएनलाई ल्याउनु पर्ने, बजारमा लगानीका उपकरण ल्याउनु पर्ने, ब्रोकरको कार्य क्षेत्र विस्तार गर्नु पर्ने, रियल सेक्टर बजारमा आउनु पर्ने, नेप्सेको शेयर विनिवेश गर्नु पर्ने उनले बताए । यी सबै सरकारले आफैले गर्छु भनेको विषय रहेको उनले उल्लेख गरेका छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved