एनआईसी एशियाको 'फ्लेक्सी क्याप फण्ड' को इकाई बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 07:55:33 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनआईसी एशिया क्यापिटलले निष्काशन गरेको बन्दमुखी सामुहिक लगानी कोष योजना 'फ्लेक्सी क्याप फण्ड' को इकाई बाँडफाँड गरेको छ । क्यापिटलले आज मंगलबार इकाई बाँडफाँड गरेको हो ।

क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना एन आई सी एशिया फ्लेक्सी क्याप फण्डको प्रति इकाई रु.१०/- दरको १०,००,००,००० इकाई मध्ये बीज पूँजी बापतको न्यूनतम १५ प्रतिशत अर्थात १,५०,००,००० इकाई कोष प्रवर्द्धक एन आई सी एशिया बैंक लिमिटेडको लागि सुरक्षित राखि बाँकी रहेको ८,५०,००,००० इकाई जेठ १९ देखि जेठ २५ गतेसम्म निष्काशन गरेको थियो ।  

क्यापिटलका अनुसार उक्त निष्काशनको समयमा जम्मा ९५,९९७ सर्वसाधारण आवेदकहरुबाट जम्मा ८,६५,४८,२७० इकाई खरिदको लागि आवेदन प्राप्त भएकोमा ६९ आवेदकहरुबाट प्राप्त ९,९५० इकाई रीतपुर्वक नदेखिएकोले बाँडफाँडमा समावेस नगरि कूल ९५,९२९ आवेदकहरुले रितपूर्वक माग गरेको १०,२०,००,००० (बीज पूँजी सहित) इकाई माग गरे बमोजिमनै बाँडफाँड गरिएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved