आज २ घण्टा शेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2022 | 08:22:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार २ घण्टा शेयर कारोबार हुने भएको छ । नेप्सेको संचालक समितिको बैठकले हरेक शुक्रबार पनि शेयर कारोबार गर्ने र शुक्रबारको कारोबारको लागि बिहान ११ बजेदेखि १ बजेसम्मको समय तोकेको छ । 

सोहि अनुसार आज असारको पहिलो शुक्रबार यो निर्णय कार्यन्वयन हुने भएको हो  ।  नेप्से सञ्चालक समितिको जेठ ३० गते गतेको बैठकले सार्वजनिक विदाका दिन बाहेक अन्य दिनमा आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार खुला गर्ने निर्णय गरेको थियो ।

जस अनुसार असारदेखि आइतबार देखि बिहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर कारोबार गर्ने र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर कारोबार हुने उल्लेख छ । शुक्रबार २ घण्टा मात्र कारोबार हुने भएपनि त्यस दिनको लागि लागु हुने सर्किट ब्रेकको नियमबारे केहि पनि थप निर्णय नभएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । 

 सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो । आइतबार सार्वजनिक विदा दिनु अघि शेयर कारोबार आईतबारदेखि बिहिबारसम्म संचालन हुने गरेको थियो । अब भने सातामा ६ दिन नै कारोबार हुने छ । तर शुक्रबार ११ बजेदेखि १ बजेसम्म शेयर कारोबार हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved