साउनपछि मर्जरको नाममा कुनै पनि कम्पनीको शेयर कारोबार रोक्का हुदैन: बोर्ड अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 06:06:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले साउनपछि मर्जरको नाममा कुनै पनि कम्पनीको शेयर कारोबार रोक्का नहुने बताएका छन् । बोर्डमा आज आयोजित पत्रकार सम्मलेनको क्रममा उनले कारोबार नरोक्ने विषयमा काम भईरहेकोले साउनसम्ममा त्यसको नतिजा देखिने बताएका हुन् 

राष्ट्र बैंकको नियमावली मै मर्जरमा जाँदा कारोबार रोक्का गर्ने विषय रहेकोले त्यसको लागि नियमावली नै संशोधन गर्नु पर्ने र सो कार्य प्रक्रियामा नै गईसकेकोले साउनपछि कारोबार नरोकिने बताएका हुन् । कारोबार नरोक्ने विषयमा बोर्ड, नेप्से, राष्ट्र बैंक, बिमा समिति सबैको समान धारणा रहेको उनले बताए 

कार्यक्रममा उनले  लगानीकर्ताको सबै मागहरु पुरा गर्न सम्भव नभएको पनि बताए। लगानीकर्ताले उठाएका कतिपय माग बोर्डको अधिकार क्षेत्र बाहिरको रहेकोले ति पुरा नहुने भएकोले त्यसमा समय खर्च नगर्ने उनले बताएका हुन् ।

उनले 'बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने । ' विषय बोर्डको अधिकार क्षेत्र भन्दा बाहिरको रहेको बताए। उनले कर्मचारी संचय कोषको पैसा के गर्न भन्ने विषय कर्मचारी कै अधिकार भएको बताए  ।

त्यस्तै उनले 'बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । ' माग पनि पुरा हुन असम्भव रहेको बताए । त्यस्तै उनले '६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ' माग पनि बोर्डको अधिकार क्षेत्र बाहिरको रहेको बताए । 

अधिकार क्षेत्र बाहिरको कामको लागि वार्ता समिति गठन गरेर समय खेर नफाल्ने उनले बताए ।  उनले बोर्डले ३ महिनादेखि नै अघि सारेका काम हरु कतिपय यहि असारमा र साउनसम्ममा कार्यन्वयनमा आउने चरणमा रहेको बताए ।  उनले बोर्डले अघि सारेका कार्यक्रम र लगानीकर्ताले राखेका मागहरु साझा भएको बताए ।  ७० प्रतिशत कामहरु कार्यन्वयनको चरणमा गईसकेकोले उनले अनसनको क्रयक्रम रोक्न आग्रह गरेका छन् ।  यदि तोकिएको समयमा बोर्डले गर्छु भनेका काम नभएमा बल्ल बोर्डमाथि प्रश्न उठाउन सकिने उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved