अब राष्ट्र बैंकले नै शेयर बजारलाई रेस्क्यु गर्नु पर्छ : ब्रोकर संघ अध्यक्ष मैनाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 03:24:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले शेयर बजारलाई राष्ट्र बैंकले 'रेस्क्यु' गर्नु पर्ने अवस्था आएको बताएका छन् । मौद्रिक नीति सम्बन्धि आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मैनालीले पोलिसी रिभिजन मार्फत राष्ट्र बैंकले शेयर बजारलाई रेस्क्यु गर्नु पर्ने बताएका हुन् 

उनले ४/१२ को नीति पुनर्विचार गर्न माग गरेका छन् । कुल कर्जाको ३ प्रतिशत कर्जा पनि शेयरमा नरहेको भन्दै शेयर कर्जालाई ४/१२ को नीति मार्फत नरोक्न उनले आग्रह गरेका छन् । 

त्यस्तै उनले बैंकहरुको १ रुपैयाँ पनि नडुबेको शेयर कर्जामा किन १५० प्रतिशतको जोखिम भार राखिएको भन्दै प्रश्न गरेका छन् । त्यस्तै उनले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न पाउने ब्यबस्था गर्न पनि गरेका छन् । उनले एनआरएनलाई शेयरको दोस्रो बजारमा ल्याउनको लागि राष्ट्र बैंकले आफ्नो तर्फबाट गर्नु पर्ने काम गर्न आग्रह गरेका छन् । 

उनले सरकार आफैले शेयरबाट २५ अर्ब लगिसकेकोले शेयर बजार कसरि अनुत्पादक भन्ने प्रश्न गरेका छन् । त्यस्तै उनले सिमेन्ट कम्पनी, डिस्टिलरी कम्पनी, तथा हाइड्रो कम्पनीका प्रमोटरहरु शेयर बिक्रि गरेर पैसा लिएर जाँदा त्यो पैसा बैंक कै आउने भएकोले कसरी शेयर बजार अनुत्पादक भन्दै प्रश्न गरेका छन् । 

उनले अब पनि बजारको लागि पोलिसी रिभिजन नगरे बजार फ्रिज हुने अवस्था आउने बताएका छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved