सर्वोत्तम सिमेन्टका अध्यक्ष भन्छन् 'सबै क्युआईआईले आईपिओ पाओस् भन्ने इच्छा छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 02:50:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु कुमार न्यौपानेले सबै संस्थागत लगानीकर्ता (क्युआईआई ) ले सर्वोत्तम सिमेन्टको आईपिओ पाओस् भन्ने आफ्नो इच्छा रहेको बताएका छन् । आईपिओ निष्काशन अगाडी गरिएको रोड शो कार्यक्रममा  उनले शेयर कित्ता भन्दापनि लगानीकर्ताको संख्या बढि होस् भन्ने आफ्नो चाहना रहेको बताएका हुन् ।

उनले १००० कित्ता नै भए पनि सबै योग्य संस्थागत लगानीकर्ताले शेयर पाओस् भन्ने चाहना रहेको बताएका हुन् । त्यस्तै उनले नेपालमा संस्थागत लगानीकर्ता अझै थपिनु पर्ने बताएका छन्। उनले बंगलादेशमा करिब १५०० योग्य संस्थागत लगानीकर्ता रहेकोमा नेपालमा पनि कम्तिमा ५०० योग्य संस्थागत लगानीकर्ता हुनु पर्ने बताएका छन् । उनले बुक विल्डिङ मार्फत आईपिओ निष्काशन गर्ने पहिलो कम्पनी हुनु गौरवको विषय समेत भएको बताएका छन् । 

 कम्पनीले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। 

  कम्पनीले गत आइतबार निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (Roadshow) संचालन गरेको हो ।

योग्य संस्थागत लगानीकर्ताले यहि असार २४ गतेसम्म आशयपत्र पेश गर्ने समय छ । आशयपत्रमा योग्य संस्थागत लगानीकर्ताले आफुले खरिद गर्न चाहेको शेयरसंख्या र प्रति कित्ता खरिद आशय मूल्य पेश गर्नु पर्ने छ। यदि कम्पनीले पेश गरेको अनुमानित मूल्य भन्दा फरक हुने गरि आशय मूल्य पेश गरेमा  मुल्यांकनको आधार समेत पेश गर्नु पर्ने छ ।  

संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ । बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ ।

कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved