नेप्सेमा अपर हेवाखोलाको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2022 | 04:49:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सुचिकृत भएको छ । आज बुधबार कम्पनीको ५० लाख कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै बिहिबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । बिहिबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको UHEWA सिम्बलबाट कारोबार हुने छ । 

 कम्पनीले असार २४ गतेदेखि असार २९ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्बसाधारणको लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। जस मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको १३ लाख ९५ हजार कित्ता शेयरको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।  

कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved