शेयर बजारमा उत्साह: ५५ अंकले बढ्यो सूचक, फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 03:18:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५५.८८ अंकले बढेर २०६५.८९ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २१५ कम्पनीका ६० लाख २६ हजार १ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय ११ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै २१ करोड २ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४१ लाख, नेपाल टेलिकमको ६ करोड ८५ लाख तथा अरुण भ्याली हाइड्रोको ६ करोड १४ लाख बराबरको कारोबार भएको छ 

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ७.३८ प्रतिशत तथा विकास बैंक समुह ५.३२ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रो समुह ४.४३ तथा ट्रेडिङ समुह ४.३८ प्रतिशतले बढेको छ 

आज श्री इन्भेष्टमेन्ट फाईनान्स, मल्टिपर्पोज फाइनान्स, राधि हाइड्रो, रिभर फल्स पावर, पन्चकन्या माई हाइड्रो लगायतका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज रिडी पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशत गुमाएका छन् । आज गुराँस लघुवित्तको शेयर मूल्य २.७० प्रतिशतले घटेको छ भने शिवम सिमेन्टको शेयर मूल्य २.१२ प्रतिशतले घटेको छ 

आज कारोबारमा आएका मध्ये १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य घटेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved