सिक्लेस हाइड्रोपावरले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 08:30:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले बुधबार शेयर बाँडफाँड गरेको हो । 

आईपिओ बाँडफाँडको नतिजा सिक्लेस हाइड्रोको वेबसाइट www.sikleshydro.com.np/ र क्यापिटलको वेबसाइट bokcapital.com.np/allotment/ बाट हेर्न सकिने क्यापिटलले जनाएको छ  । आईपिओमा नपरेको पैसा भदौ २० गते देखि फिर्ता गरिने र आवेदन फारममा उल्लेख भएको बैंकखाताको विवरण मै पैसा फिर्ता हुने क्यापिटलले जनाएको छ  ।  

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपिओ बिक्रि गरेको थियो।  कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा १,२ र ३ का स्थानीयलाई आईपिओ निष्काशन गरेको हो । कम्पनीले यी क्षेत्रका स्थानीयलाई ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।   

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको छ। स्थानीयलाई आईपिओ निष्काशन तथा बाँडफाँड गरेपछि  कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ  

कम्पनीले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved