अबदेखि नेप्सेको तथ्यांक प्रयोग गर्न पैसा लाग्ने, धितोपत्र बोर्डले प्रस्तावित भन्दा ६ गुणाले बढायो शुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 01:26:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर बजारसँग सम्बन्धित तथ्यांक लिएर आफ्ना ग्राहकलाई तथ्यांक सेवा दिने काम अब महँगो हुने भएको छ। नेपाल धितोपत्र बोर्डले प्रस्तावित भन्दा झन्डै ६ गुणाले शुल्क बढाएर "तथ्यांक सम्बन्धि कार्यविधि -२०७७ " पारेसँगै तथ्यांक सेवा महँगो हुने भएको हो। 

धितोपत्र बोर्डले उक्त कार्यविधि पारित गरेसंगै नेपाल स्टक एक्सचेन्ज, नेप्सेलाई सेयर बजारसँग सम्बन्धित तथ्यांक बिक्रि गर्ने बाटो खुलेको छ। तथ्यांक बिक्रि गर्दा क्षेत्रअनुसारको शुल्क लाग्नेछ। 

नेप्सेका प्रवक्ता मुराहरीकाअनुसार नेपाल स्टक एक्सचेन्ज 'नेप्से' को डाटा हेर्न कुनै शुल्क लाग्ने छैन तर नेप्सेको उक्त तथ्यांक लिएर आफु अनुकुल प्रस्तुत गर्नलाई भने उक्त तथ्यांक किन्नु पर्नेछ।   तर क्षेत्रअनुसारको शुल्क लाग्नेछ। 

हाल नेप्सेको तथ्यांक अनाधिकृत रुपमा तानेर वा निशुल्क प्रयोग गरिरहेका कम्पनी, इन्भेष्टमेन्ट कम्पनी, डेटा भेन्डर, सञ्चार माध्यम वा विश्वविद्यालयलगायतले अब भने शुल्क तिर्नुपर्नेछ। यस्तो शुल्क हिजो नेप्सेले प्रस्ताव गरे भन्दा झन्डै ६ गुणासम्म बढी तोकिएको नेप्से स्रोतले जनाएको छ।  

नेप्सेका तत्कालिन सीइओ चन्द्र सिंह साउदले आफ्नो कार्यकालमा प्रस्ताव गरेको तथ्यांक चलाउदा शुल्क लिन पाउने प्रस्ताव बोर्डले करिब २ बर्षपछि पारित गरेको हो। नेप्सेले तथ्यांक बिर्की गर्नका लागि  २ वर्ष अघि नै विनियमावली बनाएर धितोपत्र बोर्डमा पठाएको थियो । बोर्डले तथ्यांक बिक्री गर्न विनियमावलीमा समावेश गर्न नहुने भन्दै छुट्टै कार्यविधि बनाउन लगाएर उक्त कार्यविधि पारित गरेको हो । यससंगै नेप्से र आउन लागेको नयाँ स्टक एक्सचेन्जले आफुसँग भएको डेटा बिक्री गर्न पाउने भएका छन् ।

बोर्डको संचालक समितिले स्वीकृत गरेपछि नेप्सेको संचालक समितिले पनि स्वीकृत गरेपछि यो  विनियमावली संचालनमा आउनेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved